निर्वाचन आयुक्तहरु नियुक्त

११ चैत्र २०६९, आईतवार १६:१२ मा प्रकाशित

काठमाडौं, ११ चैत । पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई राष्ट्रपति रामवरण यादवले प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकाछन् । उप्रतीसँगै पूर्वआयुक्तहरु दोलखबहादुर गुरुङ र अयोधीप्रसाद यादव एवम् रामभक्त पीबी ठाकुर र इला शर्मालाई आयुक्तमा नियुक्त गरिएको छ ।
संवैधानिक परिषदले पूर्वआयुक्तहरुलाई पुनःनियुक्तिका लागि सिफारिस पठाएकोप्रति अन्तरिम संविधानमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुनका लागि ग्राहृय नहुने उल्लेख भएकोले राष्ट्रपतिले तीन पूर्व आयुक्तको नाममा ुअन्तरिम संविधानको धारा १ सय २८ को उपधारा ३ र ७ आकर्षित हुन्छ वा हुँदैनु स्पष्ट पार्न पत्र लेखेको थिए । तर संवैधानिक परिषद् बैठकले पहिलोपटक सिफारिस गर्दा नै आधार र कारण खुलाइएको जवाफसहित पुनः नाम पठाएपछि राष्ट्रपतिले आइतबार नियुक्त गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट