जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर्न माग

११ चैत्र २०६९, आईतवार १२:१० मा प्रकाशित

काठमाडौं, ११ चैत । चार दललाई संविधान संशोधनको अधिकार कसैले नदिएकोले उनीहरुले सहमतिका नाममा यतिबेला चालेक प्रत्ेक कदम अवैधानिक रहेको र यसले मुलुकलाई ठूलो संकटतर्फ धकेलिरहेको मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । मधेसी मोर्चासहित चार दलले संविधान संशोधन गरेर मुलुकमा थप संकट निम्तयाएको आरोप लगाएका छन् । फोरम सप्तरीले आइतबार आयोजना गरेको दुई दिने बृहत बैठकमा सहभागी हुन राजविराज पुगेका यादवले पत्रकार सम्मेलनमार्फत उक्त अभिव्यक्ति दिएका हुन् ।
आक्रोशित मुद्रामा उनले प्रश्न गरे, के दलले संविधान संशोधन गर्न सक्छन् ? कुन धारामा टेकेर संविधान संशोधन गर्‍यो चार दलले ? मुलुक संकटमा फसेपछि उतार्ने ल्याकत यिनसँग छ ? २५ दले असहमति जनाउँदाजनाउँदै चार दलले गरेको संविधान संशोधनलाई जाली दस्तावेजको संज्ञा दिंदै उनलेले त्यसलाई नसच्याइए आफूहरु संघर्षमा जाने चेतावनी दिए । यही हालतमा संविधानसभाको निर्वाचन असम्भव हुने दाबी गर्दै उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गरे मात्रै चुनाव सम्भव हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर