समायोजनबाट आफू पछाडी नफर्केको एमालेले अवरोध गरेको प्रधानमन्त्रीको आरोप

२० चैत्र २०६८, सोमबार १४:१८ मा प्रकाशित


प्रधानमन्त्रीलाई उद्यृत गर्दै उनका स्वकीय सचिव विश्वदिप पाण्डेले आज प्रकाशित गरेको प्रेस नोटमा उल्लेख भए अनुसार गोयवल्स शैलीमा आफू विरुद्ध प्रचार गरेको भन्दै असन्तुष्ठिसमेत प्रकट गरेका छन् ।
नेपाली सेनाको प्रस्ताव अनुसार नै समायोजन प्रकृया छिटो भन्दा छिटो सक्न प्रधानमन्त्री प्रतिबद्ध भएपनि  यसअघि सहमति भइसकेका बिषयमासमेत अड्को थाप्ने गरि बिशेष समितिका पछिल्ला वैठकहरुमा एमाले प्रतिनिधिहरु प्रस्तुत भएका कारण अवरोध उत्पन्न भएको प्रैस नोटमा आरोप लगाईएको छ ।
एकपटक भइसकेका सहमतिलाई पालन गर्नुको सट्टा अनेक निहुं खोज्दै समायोजन प्रकृयालाई नै भाँड्न खोजेको गम्भीर आशंका पैदा भएको छ । –प्रेस नोटमा एमाले प्रति आरोप लगाउँदै भनिएको छ ।
एमाले नेतृत्व सरकारको मै तयार भएको सेनाको प्रस्तावलाई नस्वीकारी समायोजनको साटो भर्नाको रुपमा अघि बढाउन खोज्ने प्रबृत्तिले नै समायोजन प्रकृयालाई अल्झाइरहेको दावी गर्दै समायोजन अघि बढाउने जिम्मा नेपाल सरकारलाई (नेपाली सेनालाई) दिने’ भन्ने पहिलेकोे सहमतिबाट एमाले पछि फर्केको वास्तविकतालाई ढाकछोप गर्न ‘प्रधानमन्त्री पछि फर्केको’ भनी गरिएको प्रचारबाजी भएको दावी प्रेस नोटमा गरिएको छ ।
पाण्डेद्धारा प्रकासित प्रेस नोटमा समायोजन प्रकृया तिब्र गतिमा अघि बढेको देखेपछि केही निहीत स्वार्थ भएका शक्ति र तीनको खोल ओढेका प्रतिनिधिहरुले यो प्रकृयालाई भाँड्न खोजेको देखिएकाले यसबाट कोही पनि भ्रममा नपर्न प्रधानमन्त्रीले आग्रह गरेको उल्लेख छ ।
सहमतिअनुसार नै चैत मसान्तभित्र शान्ति प्रकृया सक्न र जेठ १४ भित्र जनताले चाहेको संबिधान जारी गर्न प्रधानमन्त्री अत्यन्तै दृढ र प्रतिबद्ध रहेको समेत स्पष्ट पारिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको