‘मर्द’ :: विवेक अर्याल

११ चैत्र २०६९, आईतवार १०:२२ मा प्रकाशित

श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ। छोराछोरी स्कुल गएका छन्। बहिनी क्याम्पस। बाउ पिँढीमा बसेर एफएम रेडियो सुनिरहेका छन्। ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ- ‘बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस्।’

‘के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग छैन।’ बाउको कुराले ऊ खिन्न हुन्छ।

उसका औंला धेरै दिनदेखि तास खेल्न नपाएर छटपटाइरहेका छन्। ओठ रक्सीको चुस्की लिन नपाएर तड्पिरहेका छन्। ऊ घरी आँगनमा उभिन्छ। घरी पिँढीमा बस्छ। घरी ओछ्यानमा पल्टन्छ। ऊ यसरी तलबलाएको छ, मानौं ऊभित्रको धैर्यले कावा खाइरहेको छ, मनमा अस्थिरताका कीरा सलबलाइरहेका छन्। ऊ लुगाको खल्ती-खल्ती छाम्छ, कतै पैसा छ कि भनेर तर कतै फेला पार्दैन। एउटा ठूलै आशा बोकेर सिरानीमुनि हेर्छ, श्रीमतीले राखेकी छ कि भनेर। त्यहाँ पनि भेटाउँदैन। ऊ अझ बढी निराश हुन चाहँदैन। ऊ ओछ्यानमा गुन्द्रीको तलेत्रो(तलेत्रो हेर्छ। अझ उत्तेजित भएर ओछ्यान उचालेर तलसम्म हेर्छ। देख्छ, चाबीको झुप्पो उसको मानसिकतामा लाखौं दीप प्रज्वलित हुन्छन्। खुसीले अनुहार सूर्यझैं बल्छ किनभने त्यहाँ दराजको भित्री खोपाको चाबी छ जहाँ श्रीमतीले पैसा लुकाएर राख्ने गरेकी छ। दराजमा श्रीमतीले पैसा राखेको निश्चित भएपछि ऊ खुसी हुन्छ। शंका निवारणका लागि सान्दर्भिक तर्क उब्जन्छ, ‘नत्र दराजको चाबी यतिविघ्न लुकाउनुको के अर्थ ?’

ऊ दराज खोल्छ। दराजको भित्रपट्टकिो खोपा खोल्छ। त्यहाँ उसले सानो रुमालले बेरेका दुई वटा हजारका नोट र त्यसमै बेरिएका अन्य नोट देख्छ। कति छन् भनेर गन्दैन जुन उसको चासोको विषय पनि होइन। बरु कति लिऊँ भन्ने द्विविधामा पर्छ। केही समयपछि १ हजारको नोट निकालेर दराज लगाउँछ। भित्री खोपा खुल्लै छोड्छ। श्रीमतीले चोरेको थाहा पाएपछि के सोच्ली र? के भन्ली र? अलिकति पनि वास्ता गर्दैन। न त कुन प्रयोजनका निम्ति पैसा राखेकी हो भन्ने ख्याल नै गर्छ। ऊ पैसा हात पारेकोमा प्रसन्न र सन्तुष्ट छ।

श्रीमतीलाई लोग्नेको बानी थाहा छ। तास खेल्नु तथा रक्सी पिउनु उसका प्रिय आचरण हुन्। पैसा भयो भने बिहान निस्किएको मान्छे एकैचोटि बेलुका घर र्फकन्छ। पैसा भएन भने मलिन मुद्रामा घरमै बस्छ कामकाजबिनाको अर्थहीन प्राणीका रूपमा।

अहिले साथमा पैसा छ। उसले आफूलाई एकप्रकारको धनी र खुसी मान्छे मानेको छ। ऊ निकै फुरुङ्ग छ। एकक्षण खेर नफाली ऊ हलुका र लामा पाइला चाल्छ। ढुलमुले चोकतिर लम्कन्छ। जहाँ बेकारका मान्छेकोे भीडभाड हुन्छ, तास खेल्दै रक्सी पिउन पाइन्छ अनि फाल्तु गफ गरेर हाँस्न पाइन्छ।

ढुलमुले चोकमा उसको न्यानो स्वागत हुन्छ। तासको खालमा ऊ पैसा हार्दै जान्छ। हजारको नोट साटिन्छ। फेरि साटिन्छ, खुद्रामा परिणत हुन्छ। ठूलो भन्नु पचासको नोट बाँकी रहन्छ। पचासको नोट खुसुक्क खल्तीमा राख्छ, रक्सीलाई छुट्याएर। सोच्छ, आज दाउ रहेनछ। अब बसियो भने यो पचास पनि बाँकी रहँदैन। ‘मसँग पैसा सकियो। अब खेल्दिन है, मलाई तास नबाँड।’ उठ्दै भन्छ। ‘किन उठेको खेलौं न खेलौं, यति छिट्टै घर जाने हो भने त घरका जहान रिसाउँछन्।’ एउटाले व्यङ्ग्य गर्छ।

‘हजार रुपैयाँ ल्याएको सकियो। खै भए सापट दिनुहोस् क्यारे, भोलि दिउँला। नत्र अलिकति चुस्की लगाएर घर जाँदा समय पनि ठिक्क हुन्छ।’ ऊ निराशाजनक तवरले भन्छ। ‘कहाँ खेल्दाखेल्दै पैसा दिनु र? दाउ बिग्रन्छ।’ बस्न आग्रह गर्ने जमरकट्टेलले भन्छ। ऊ केही क्षण हेरेरै बस्छ। जब साँझले धर्तीमा पाइला टेकेको आभास हुन्छ तब भट्टीतिर सोझिन्छ। एक बोत्तल लोकल रक्सी माग्छ, साथमा एक पिलेट मासु। थप्छ, अझ थप्दा उसले खाएजति तिर्न साथको पैसाले पुग्दैन। पैसा नपुग्दा भट्टीवालीसँग भनाभन हुन्छ।

– ‘जति पैसा छ, त्यतिको नखाएर किन बढी खानुपर्ने र?’

– ‘भएको पैसा त दिइहालें नि। अब बाँकी रहेको पछि दिउँला। अर्काको बेइज्जत गर्ने काम नगर न साहुनी।’

– ‘के को इज्जत र? एक वर्षदेखिको उधारो रकम अझैसम्म दिन सकेका छैनौ। त्यस्ताले इज्जतका कुरा गर्ने, बेइज्जतीसँग डराउने भए पहिलेको पैसा दिइहाल न त।’

– ‘लाख होइन, करोड होइन एकैपल्ट दिउँला नि, तिम्रो उधारो खाएर मर्दिन क्या। म मरे पनि छोराले तिर्छ।’

ऊ घरतिर लाग्छ। घरबाट चोकतर्फ आउँदा रमाउँदै आएका उसका पाइला र्फकदा लर्खराउँछन् खेत जोतेर फर्किएको तरुनो गोरुझैंं। हजार रुपैयाँ लिएर गएको मान्छे तन्नमभगत भएर घर आएको छ। उससँग पर्याप्त आत्मग्लानि र हीनता बोध हुनुपथ्र्यो तर अनुहारमा त्यस्तो केही छैन। ऊ केही विराम नगरेको मुद्रामा छ।

श्रीमती भाँडा माझिरहेकी छ। ऊ भाँडा माझ्न छाडेर लोग्नेलाई पढ्छे। एकक्षण हेर्छे। उसले लख काट्छे, पक्का आज रक्सी खाएर आएको हुनुपर्छ। ऊ श्रीमतीनेर टक्क अडिन्छ अनि बिरालो झैं लुसुक्क कोठामा छिर्छ।

बहिनी टिभी हेरेर बसिरहेकी छे। बाबु आफ्नो कोठामा रेडियो सुनिरहेका छन्। छोराछोरी अर्को कोठामा पढ्दैछन्। श्रीमती कोठामा पस्छे र तिखा शब्दमा भन्छे- ‘आज भात पनि ढुलमुले चोकतिर खाएर आएजस्तो छ नि ! कताबाट पाइयो पैसा रु हेर त ह्वास्स गन्हाएको, छि-छि वान्ता आउलाजस्तो।’ ‘केको पैसा पाउनु र? सधैं पैसा नै चाहिन्छ र खान रु आज एउटा मनकारी साथीले खाऊँ कि खाऊँ भनेर कर गर्‍यो त्यसैले खाइयो।’ ऊ सहजै भन्छ।

‘मनकारी साथीले खान कर गर्‍यो अरे। के-के न ठूलो खाँचो टारिदिएछ, के-के न ठूलो काम गरेर आउनुभएछ। अझ लाज पनि नलाग्ने खाएर आइयो भन्दा। भात थालमा छोपेर राखिदिएकी छु, मन लागे झिकेर खाने नत्र कुकुरले खान्छ, वस्तुभाउले खान्छन्।’ श्रीमतीले भएभरको तीतो ओकल्छे।

ऊ चुप लाग्छ। भात नखाई सुत्छ। श्रीमतीको मनमा भने कता(कता चिसो पस्छ, ‘दिनभरि हराउनु, पिएर आउनु। कतै दराजको पैसा त उछिट्याएनन्। बानी अचानोमा राखेर काट्ने खालको छ।’ ऊ मनमनै गुन्छे।

फेरि ऊ के सोच्छ कुन्नी ! भात नखाई सुत्ने विचार छाड्छ। खाटबाट धङ्धङ्गाउँदै ओर्लन्छ। हुत्तिदै भान्सा कोठातिर लाग्छ। भात चिसो थियो। तैपनि ऊ भात खाई हातमुख धोएर ट्वाइलेटतिर जान्छ।

त्यसैबेला श्रीमतीले दराज खोल्छे। आत्तिदै दराजको सानो खोपा हेर्छे। उसलाई अचम्म र धिक्कार एकैचोटि लाग्छ। खोपा खुलै छ। मानौं गल्ती गर्नेले केही न केही आफ्नो कमजोरी चुहाएको हुन्छ। रुमालले गाँठो पारेर राखेको पैसा लथालिङ्ग छ जसमध्ये हजार रुपैयाँ गायब छ। श्रीमतीको कम्पारो तात्दै जान्छ तर तत्कालै प्रतिवाद नगरी धैर्य र संयम अपनाउँछे। ऊ चाहन्न कि पैसा हराएको अर्थात् लोग्नेले चोरेको अरू कसैले थाहा पाऊन्। आमाबाबुको झगडा छोराछोरीले सुन्ने र नकारात्मक प्रभाव पर्ने मौका मिलोस्।

श्रीमती धरै नपाई केही बेरपछि शान्त हुन बाध्य हुन्थी। यतिखेर श्रीमती खुव सोच्छे, आज फेरि के भन्ने हो रु चोरेको छैन भन्ने हो कि, ङच्िच हाँसेर लज्जास्पद रूपमा आत्मसमर्पण गर्ने हो। जसो गरे पनि ऊबाहेक त्यो कर्तुत अरू कसैले गरेन। मरिगए सुख पाउँदैन, जे भने पनि। अरू कोही यो कोठामा आएर दराज खोल्ने कुरै आउँदैन। यहाँ घरका जहान कोही पस्दैनन्। यसो छोराछोरी हुन् पस्ने। तिनले बिठ्यँइँ गर्न जानेका छैनन्। पैसा चोर्नु त परै जाओस्। बाहिरका मान्छे आएर त्यसो गरे भनूँ भने सबै पैसा लिएर जान्थे। बाँकी किन राख्थे रु बाहिर एकदम अँध्यारो छ। श्रीमती लोग्नेले खाएको भाँडँ माझ्न जान्छे। ऊ बाहिरबाट ओछ्यानमा आई पल्टन्छ। श्रीमती कोठाभित्र पस्छे। लोग्ने लम्पसार भएर खाटमा आँखा चिम्लिरहेको देख्छे। सायद ऊ दिनभरि तासका पत्ती पढेर थाकेका आँखालाई पूर्णरूपमा विश्राम दिलाउन चाहन्छ वा रक्सीले बडेमानको बनाएको टाउकाको तौल घटाउन चाहन्छ। ऊ श्रीमती आएको बेवास्ता गर्दै कोल्टे फेर्छ। आँखा हेर्दैन तर श्रीमती कोठामा प्रवेश गरेको उसले थाहा पाएको छ। त्यसैबेला श्रीमतीले उसलाई झक्झक्याउँदै भन्छे- ‘खोई, ल्याउनुहोस् मेरो पैसा। अर्काले कति जोरजाम गरेर राखेको पैसा झिकेर लान कसरी सकेको र?’ ऊ सुनेर पनि नसुनेझैं गर्छ। कोल्टे पनि र्फकदैन, आँखा पनि खोल्दैन। केवल निदाएको अभिनय गर्छ।

उसको लाचारीपन श्रीमतीलाई खपिनसक्नुहुन्छ र बेस्कनी झकझक्याउँदै भन्छे- ‘हेर न, अझ अर्काको पैसाले टिल्ल जाँड धोकेर सुतेको। कस्तो निर्छलो मान्छे। आफूले एक रुपैयाँ कहिल्यै कतैबाट ल्याएर दिने खुबी छैन, दिने होइन। यसरी कति दिन साध्य हुन्छ, म त दिक्दार भैसकें।’ बिचरी श्रीमती रुन थाल्छे। मन उम्लेर पोखिएका आँसु जति र्झछन् उति

पुस्छे। ‘केको पैसा रु कहाँको पैसा र? मलाई थाहा छैन।’ ऊ श्रीमतीतर्फ नहेरी भाले स्वरमा भन्छ। सरासर बनावटी कुरा गर्छ तर उसको एउटा मनमा भने सत्यता र पश्चातापले पालैपालो चिमोट्छ। आफूलाई धिक्कार्दै उसको अन्तस्करणले भन्छ, आज फेरि नगर्नुपर्ने काम गरियो। न त खल्तीमा पैसा रह्यो न त गतिलो ठाउँमा पैसा मासियो। व्यर्थमा श्रीमतीको गन्थन सुन्नुपर्‍यो। अझ कति सुन्नुपर्ने हो रु अब यो तास र रक्सी नछाडी भएन।

‘दराजमा राखेको पैसा नि’ अझ साधु बनेर केको पैसा र? कहाँको पैसा र? मलाई थाहा छैन अरे।’ श्रीमतीले अलि झर्केर भन्छे। ‘सत्य रामो राम मलाई थाहा छैन। तिम्ले पैसा कहाँ-कसरी राख्छ्यौ देखेको पनि छैन। झिक्नु त परको कुरा। बरु राम्रोसँग हेर न, त्यहीँ राखेको ठाउँमा कतै होला।’ उसले शतप्रतिशत ढाँट्छ। श्रीमतीलाई अलिकति पनि चित्त बुझ्दैन। त्यसरी पैसा झिकेको बेला उसले देखाउने व्यहोरा अर्थात् अनृत आचरण सम्झन्छे। लोग्नेको पाइन्ट र कमेजको खल्ती-खल्ती छाम्छे। कतै भेटाउँदिन।

त्यत्रो हजार रुपैयाँ एकै दिनमा सकिसकेको। कस्तो नराम्रो बानी भएको मान्छे होला। अर्काले कस्तरी साँचेको पैसा। आमाले मायाले दिएको पैसा। मासौं भने त मेरा पनि कति ठाउँ थिए कति रु हुन त लुकाएर राखेको होला नि। अर्को दिन पनि चाहिन्छ भनेर।’ श्रीमतीले कुरा थप्दै भन्छे। ‘पैसा नै लिएको छैन भनेपछि लुकाएर राख्ने कुरा कताबाट आयो।’ सिरानीबाट टाउको उठाउँदै भन्छ। ‘लिएको छ त के भन्नुहुन्थ्यो त नि। कहिले पो साबित भएको हो र र?’ श्रीमती अतीत सम्झदै भन्छे।

ऊ चुप लाग्छ। श्रीमती बोल्दै जान्छे, ‘सन्तोक मान्ने ठाउँ कतै छैन। यसो जागिर खान खोज्नु पटक्क छैन। आफूसँगकी खर्दारकी छोरी कत्रो चुरिफुरी गरेर हिँड्छे। उसको लोग्ने १ लाख रुपैयाँ खान्छ अरे। जैमानेकी छोरी भुन्टी अस्ति माइत जाँदा भेटिएकी थिई। अहिले त मोटाएर चिनिनसक्नु भएकी। सुख पाएपछि त त्यति राम्रा हुँदा रहेछन् आइमाई। माइतमा हामीभन्दा झुत्रेझाम्रे भएर हिँड्थी, आफ्नो त अभागी कर्म। माइतीले दिएको पैसा पनि बाँकी रहँदैन। कहाँ पैसा राखेकी छ, कताबाट पैसा हात पर्छ, त्यत्ति सोच्दै ठिक्क छ। कसरी होस् प्रगति र परिवर्तन रु बुद्घ ित चोर छ, अनि क्यारेर उभो लाग्छ त नि पाइलो। पैसा चाहिने भएपछि कमाउनु पनि त जान्नुपर्छ। कमाइ भए पो रमाइ हुन्छ। होइन गाँठे, सोच्ने दिमाग पनि कता गएछ र? यत्रो बाउ भैसकेको मान्छे, छोराछोरी जान्ने-बुझ्ने भए, भोलि तिनै छोराछोरीले आमाको पैसा चोरेर बाले रक्सी खान्छन्, तास खेल्छन् भन्ने कुरा थाहा पाए भने के इज्जत रहला र? के भन्लान् तिनले र? धन्न छोराछोरीका सामु मैले ढाकछोप गरेकी छु र इज्जत बचेको छ र?’ ‘भाषण नसुनाऊ, तिम्रो पैसा मैले लिएको छैन। लिएको भए यतिन्जेल तिनै पैसा तिम्रो मुखमा बजार्ने थिएँ। तिम्रो करकर सुन्ने रहर थियो र मलाई रु’ ‘अहो, कस्तरी भन्न सकेको लिएको छैन भनेर। नत्र कसले दराज खोलेर लियो त रु खोई, दिनुस् मेरो पैसा। अहिले म सबैले थाहा पाउने गरेर हल्लाखल्ला मच्चाइदिउँला।’ श्रीमती ताकेता गर्छे।

ऊ नाजवाफ हुन्छ। घरि मनमनै खिलखिलाउँदै हाँस्छ। घरि मुखभरि क्रोध पालेर श्रीमतीतिर हेर्छ। मानौं कुनै इबी सँँध्न श्रीमतीले आरोप लगाएकी हो। सुत्ने समय हुन्छ। दुवै विपरीत दिशामा फर्केर सुत्छन्। श्रीमतीको मनमा चिन्ताको भुमरी चल्छ। आफू अभागी भएको अनुभूति अविछिन्न रूपमा हुन्छ। उसले अर्थात् लोग्नेले आत्मसन्तुष्टि र आत्मदोष एकैचोटि महसुस गर्छ। आत्मसन्तुष्टि यस अर्थमा कि श्रीमतीको कर्कशता थकाइमा परिणत भएको छ। श्रीमती सुत्ने तरखरमा छे। आत्मदोष यस अर्थमा कि पौरख गर्ने उमेरमा श्रीमतीको पैसा चोरेर तास र रक्सी जस्ता कुलतको गर्जो टार्नुपरेको थियो। साथमा एक पैसा बचेको थिएन त्यत्रो हजार रुपैयाँमा।

केही समयपछि नयाँ प्रसङ्ग सुरु हुन्छ। जाडोको याम श्रीमती आफूतिर सिरक तान्छे, ऊ आफूतिर। दुवै जना कतै छोइन्छ कि भनेझैं एउटै खाटमा अलग्गिएर सुतेका छन्। त्यसैले सिरकको चक्लाइ साँघुरो भएको अनुभव हुन्छ। ऊ सिरक तान्न छोडेर श्रीमतीसँग टाँसिन पुग्छ। श्रीमती ऊबाट पर सर्छे, मानौं ऊ वितृष्णाका झुसिला काँडा शरीरभरि बेरेको दुम्सी हो। ऊ फेरि आफ्नो खुट्टा श्रीमतीको खुट्टामाथि राखेर श्रीमतीको अस्मिता भित्र घुस्न थाल्छ। स्पर्शस्वादबाट तृप्त हुन चाहन्छ। अरू अभिसारका प्रक्रिया गर्ने सामथ्र्य छैन। श्रीमती आफ्ना खुट्टाले उसका खुट्टा तर्काउँछे। उसको मन त्यसै शिथिल हुँदैन, फक्रदै जान्छ। श्रीमतीलाई हातले मसक्क बेर्छ। श्रीमतीले रुचाउँदिन। उसलाई धकेल्दै भन्छे- ‘खोई मेरो पैसा ल्याउनुहोस्, अर्काको पैसा लुसुक्क झिकेर अहिले चुप लागेर कसरी सुत्न सकेको, नामर्द। स्वास्नीको पैसाले तास खेल्न र रक्सी धोक्न पल्केको।’

उसलाई नामर्द शब्दले च्वास्स घोच्छ, हलोको फालीले जमिनमा घोचेझैं। त्यसैले ऊ सबै अमिल्दा कुरा बिर्सेर जुरुक्क उठ्छ र तातो रिस देखाउँदै श्रीमतीको मुखमा मुक्का बर्साउन थाल्छ। अलिकति पनि दयामायाको अंश बाँकी राख्दैन। श्रीमती कङ्कला स्वरमा रुन थाल्छे, अरलिन्छे, क्रमबद्घ आँसुका शृङ्खला झार्दै। ऊ मुहारभरि कुटिल मुस्कान छर्छ। सायद ऊ श्रीमतीको कारुणिक रुवाइ र अरिष्टबाट आफू मर्द भएको गर्व गर्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी