तालिवानद्वारा मुसर्रफको हत्या गर्ने चेतावनी

११ चैत्र २०६९, आईतवार ०८:५४ मा प्रकाशित

एजेन्सी । स्वेच्छिक निर्वासनका क्रममा विगत चार वर्षदेखि बेलायत बस्दै आएका पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई आतङ्कवादी संगठन तालिवानले मार्ने धम्की दिएको छ । आत्मघाती बम प्रयोग गरी मुसर्रफको हत्या गर्ने चेतावनी दिइएको हो । स्वेच्छिक अवकासबाट मुसर्रफ पाकिस्तान फर्कने घोषणा गरेलगत्तै यस्तो धम्की दिइएको हो ।
मुसर्रफको हत्याका लागि आत्मघाती आक्रमणकारीको समूह नै गठन गरिसकेको तालिवानका प्रवक्ता इसनुल्लाह इसानले सञ्चारमाध्यमसमक्ष एक अन्तरवार्तामा खुलस्त गरेका छन् । यसअघि पनि मुसर्रफको हत्या गर्ने प्रयास भएको जनाउँदै उक्त कार्यका लागि पहिले खटिएका अदनान रसिदले नै अहिलेको जिम्मेवारी पाएको समेत उनले बताएको एजेन्सीहरुले उल्लेख गरेका छन् । रसिद पाकिस्तानी हवाई बलका पूर्व प्राविधक कर्मचारी हुन् भने मुसर्रफ हत्याको प्रयास गरेको अभियोगमा उनलाई पहिले पनि पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त