मिस नेपालको ताज इशानीलाई

११ चैत्र २०६९, आईतवार ००:०५ मा प्रकाशित

काठमाडौं । यस बर्षको मिस नेपालको ताज इशानी श्रेष्ठले जितेकी छन् । काठमाडौमा बुधबार भएको अन्तिम स्पर्धामा १८ प्रतिस्पर्धीमा आफूलाई उत्कृष्ट सावित गरेकी हुन् । काठमाडौ निवासी ५ फिट ६ इन्च उचाइकी २१ वर्षीय इशानी डेन्टिस्ट पढिरहेकी छिन् । उनले मिस नेपाल- २०१३ को ताजसहित ५० हजार रुपैयाँ पाएकी छन् । फस्ट रनर अप सिन्धुलीकी रोजिशा शाही र सेकेन्ड रनर अप सृतिमा शाह भइन् । सेकेन्ड रनर अप भएकी १९ वर्षीया रोजिशा र २१ वर्षीया सृतिमा दुवै बीबीएका विद्यार्थी हुन् । मिस नेपाल आयोजक द हिडेन ट्रेजर हो । यसैबीच मिस नेपाल- २०१२ श्रृष्टि श्रेष्ठले ताज पहिर्‍याइन् । श्रेष्ठले आगामी मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । शाहीले मिस अर्थ र शाहले मिस एसिया प्यासिफिकमा सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय