पूर्वयुवराज पारश आगामी साता डिस्चार्ज हुने

१० चैत्र २०६९, शनिबार २१:२९ मा प्रकाशित

काठमाडौं, १० चैत । हृदयघातका कारण एक महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा उपचार गराइरहेका पूर्वयुवराज पारश शाह आगामी साता अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शाहको स्वास्थ्य निकै हदसम्म सामान्य बन्दै गएकोले अस्पतालबाट छुट्टी दिने सोचमा चिकीत्सकहरु पुगिसकेको एनआरएन थाइल्याण्डका अध्यक्ष सुनिल खड्काले जानकारी गराएका छन् ।  अस्पतालबाट डिस्चार्ज भए पनि केही साता थाइल्याण्डमै रहेर आराम गर्न चिकित्सकहरुले सल्लाह दिएको पनि खड्काले जनाएका छन् ।
दोस्रोपटक हृदयाघात भएर एक महिना उपचार गरेपश्चात् पारशको शरिरको रगत, मुटूको अवस्था सामान्य बनिसकेको सम्बन्धित चिकीत्सकलाई उद्धृत गर्दै खड्काले बताए । पहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएकोमा पारशलाई डेढ सातादेखि सामान्य वार्डमा सारिएको थियो ।
यसैबीच पूर्वयुवराज पारशले आफू बिरामी हुँदा स्वास्थ्यलाभको कामना गर्ने समस्त सुभेच्छुकहरुलाई धन्यवाद दिएको उनका एक सहयोगीले जानकारी दिएका छन् । उनका अनुसार पारशले धन्यवाद दिँदै भनेका छन्– ‘फेरि बाँचेँ, यहाँहरु सबैलाई धन्यवाद । सबैको स्नेह र प्राथनाले मैले पुनर्जीवन पाएको छु । मेरो मास्तिष्क, तन, मन र आत्मा यहाँहरु प्रति समर्पित छ । मेरो जीवन सबैमा जसले मलाई माया दर्शाउनु भो, प्राथना गरिदिनु भो अनि मेरो बिषयमा सोचीदिनु भयो । म आभारी छु यहाँहरु सबैप्रति जसले म निदाएको समयमा मेरो बारेमा चिन्ता लिई दिनुभयो, मलाई लाग्छ यसले मलाई उर्जा र शक्ति प्रदान गर्यो । ….’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी