म्यानमारको निर्वाचनमा सुकी बिजय

२० चैत्र २०६८, सोमबार ०९:४४ मा प्रकाशित

काठमाडौ, २० चैत । म्यानमारमा २२ बर्ष पछि भएको लोकतान्त्रिक चुनावी प्रक्रियामा लोकतन्त्रवादी नेतृ आंग सान सुकी बिजयी भएकी छन् ।
४५ सिटका लागि हिजो भएको उप निर्वाचनमा सुकीको पार्टी नेशनल लीग फर डेमोक्रेसी एनएलडीले भारी मतका साथ जीत हाँसील गरेको छ ।
२२ बर्ष पछि चुनावी मैदानमा उत्रीएको सुकीको पार्टीले सत्तारुढ पाटीलाई चुनौती दिँदै बहुमत सीट आफ्नो पक्षमा पारेको हो ।
हिजो बिहान ५ बजे देखि दिउसो ३ बजे सम्म भएको मतदान प्रक्रियामा करिब ६० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए ।
सन् १९८८ अगस्टमा सेनाले सत्ता कब्जा गरी सुकीलाई नजरबन्दमा राखेको थियो तर १९९० मा सरकारले गराएको चुनावमा पनि सुकीको पार्टीलेनै बहुमत प्राप्त गरेको थियो ।
नजरबन्दमा राखिएकी सुकी पार्टीले चुनाव जिते पनि सरकारी पक्षले उनको पार्टी एनएलडीलाई सरकारमा सहभागी गराएको थिएन ।
नोवेल शान्ति पुरस्कार विजेता सुकीलाई नजरबन्द मुक्त गर्न अन्तराष्ट्रिय दवाव बढेपछि सैनिक सरकारले उनलाई मुक्त गरेको थियो ।
सैनिक हस्तक्षपको सरकारले सुकीलाई अँझैपनि मुलुकको नेतृत्व सुम्पीने कुरामा संका रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उनको बिजयलाई मान्यता दिए म्यानमारको आगामी प्रधानमन्त्री सुकीनै हुने छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा