निर्वाचन आयोगमा पुरानैलाई खटाइने

१० चैत्र २०६९, शनिबार २१:०९ मा प्रकाशित

काठमाडौं, १० चैत । निर्वाचन आयोगमा सिफारिस गरिएका पूर्वकार्यवाहक निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङको सिफारिस संविधानसम्मत रहेको संवैधानिक परिषद बैठकले राष्ट्रपतिलाई जवाफ पठाएको छ । अनुभवी मानिसहरुलाई जिम्मेवारी दिए काम परिष्कृत र सजिलो हुने तर्कका साथ परिषदले पुरानै नाम सिफारिस गर्ने फैसला गर।ेको हो । राष्ट्रपतिले पुरानाहरुलाई दोहोर्याउने निर्णयमाथि औचित्यको प्रश्न उठाएका थिए । शुक्रबार सिंहदरबारमा बसेको बैठकले पहिले नै संविधानसम्मत् सिफारिस भएको भन्दै उनीहरुको नाम पुनः पठाउने निर्णय गरेको थियो । उक्त बैठकमा रेग्मीसहित गृहमन्त्री माधवप्रसाद घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र महिला तथा बालबालिका मन्त्री रिद्धिबाबा प्रधान र कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको