‘चुनावमा गइन्नँ’ : गुरुङ, ‘चुनावमा भाग नलिए माओवादी भँडुवा बन्छ’ : पोखरेल

१० चैत्र २०६९, शनिबार २०:२६ मा प्रकाशित

काठमाडौं, १० चैत । बाधा अडकाउ फुकाउको नाममा २५ बुँदे सहमति गरेर चार दलले गत १ गते मुलुकमा कु गरेको आरोप नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले लगाएका छन् । त्यो नसच्याएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने जनाउँदै राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने– ‘२५ बुँदे बाधा अडकाउ फुकाउ खारेज नगरेसम्म संवैधानिक रुपले निकासको बाटो खुल्दैन, त्यस्तो अवस्था गरिने निर्वाचन वैध पनि हुँदैन ।’ चार दलले जवरजस्ती निर्वाचन गर्न खोजे तत्कालिन राजा ज्ञानेन्द्र गराएको निर्वाचनमा कुनै रुपमा फरक नहुने चेतावनी दिदै गुरुङले त्यसका विरुद्ध कठोर आन्दोलन छेडेर प्रतिरोध गरिने जनाए ।
विगतमा संसद जीवित राखौँ, प्रधानमन्त्रीको घोषणा राष्ट्रपतिले खारेज गर्नुपर्छ वा विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वपक्षीय भेलाबाट सहमति खोज्नुपर्छ भनि आफूहरुले अघिसारेको विकल्पलाई अस्वीकार गरेकोले अहिलेको अवस्था आएको उनको तर्क थियो ।
सोही कार्यक्रममा नेकपा एमालेका सचिव शंकर पोख्रेलल प्रधानन्यायधिस नेतृत्वमा सरकार गठन गरेर निर्वाचन गर्ने प्रक्रियामा मुलुक प्रवेश गरिसकेकोले अब यसबाट बाहिर निष्कने एक मात्र उपाय निर्वाचन मात्रै भएकोले अब छिटोभन्दा छिटो निर्वाचन गर्नुको विकल्प नभएको बताए । अब यो प्रक्रियाबाट बाहिर रहेर नेकपा–माओवादीको हित हुँदैन भन्दै पोखरेलले आफ्नो कुराको सत्यता परिक्षण गर्न पनि निर्वाचनमा जानुपर्ने अन्यथा उनीहरु संकट निम्त्याउने पात्र मात्रै सावित हुने तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री