यौन सामग्रीसहित महिला पक्राउ

१० चैत्र २०६९, शनिबार २०:०१ मा प्रकाशित

काठमाडौं, १० चैत । गैरकानूनी रुपमा क्यासिनो प्रवेश गरी जुवा खेल्ने तीन नेपालीलाई प्रहरीले दरवारमार्गस्थित क्यासिनो रोयलबाट शुक्रबार राती पक्राउ गरेको छ । २४ थान क्वाइनसहित फेलापरेका उनीहरु पटके जुवाडे भएको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौं दरबारमार्गस्थित प्लाटिनम र भिन्टेज डिस्कोमा दिउँसोको समयमा डिस्को संचालन गरी नाबालिग तथा बिद्यार्थीहरुलाई प्रवेश गराइएपछि प्लाटिनमका संचालक काभ्रेका बिजय लामा र वेटर सिन्धुपाल्चोक घर भएका २२ वर्षीय राजेश घुरासैनी तथा भिन्टेज डिस्को बारका मेनेजर काठमाडौं बसन्तपुरका प्रवीण महर्जन र ११ जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको छ ।
उता कपनमा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको भन्दै महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले संचालिका सिन्धुपाल्चोक मेलम्ची–५ घर भएकी २७ वर्षीया प्रमिला कार्की र उनका तीन सहयोगी महिलाहरुलाई यौन धन्दाका समाग्रीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा