पुराना नियुक्ति बदर नगरे निश्पक्ष निर्वाचन हुन नसक्ने

१० चैत्र २०६९, शनिबार १९:४० मा प्रकाशित

काठमाडौं, १० चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले विगतको सरकारबाट राजनीतिक नियूक्ति पाएकाहरुले नैतिकताको आधारमा राजिनामा नदिएकले नयाँ सरकारले उनीहरुलाई बर्खास्त गर्नुपर्ने धारणा अघिसारेका छन् । विधी र प्रक्रियाविपरित गरिएका सरुवासमेत बदर गरिनु पर्ने तर्क गर्दै त्यसो नगरिएसम्म निष्पक्ष निर्वाचन हुनेमा आशंका रहने डा. महतले बताए ।
राजधानीमा आयोजित साक्षात्कारमा नेता महतले जेठ १४ पछिको अवस्थामा संविधानबाट निकास निस्कन नसक्ने भएकोले निकासको लागि विधि मिचेरै भए पनि प्रधानन्यायाधिसको नेतृत्वमा सरकार निर्माण गर्नु परेको स्वीकार गरे । डा. महतले भने– ‘असामान्य परिस्थिति भएकोले निकास पनि असामान्य नै भएको हो । दलहरुले गरेको सबै कुरा ठिक हुन्छ भन्ने होइन, गल्ती भए त्यसलाई अदालतले सुधार्दै लैजानु पर्छ ।’
उनले अहिलेको प्रक्रियाको विरोधमा रहेका दलहरुसँग पनि छलफल गरेर संयन्त्रलाई विस्तार गर्दै लैजानु पर्नेमा जोड दिँदै निर्वाचनको प्रक्रियालाई उल्टाउने बाहेकका सबै विषयमा छलफल गरेर सहमति खोजिनु पर्ने बताए । एमाओवादीले निर्वाचनको लागि गठबन्धन अघि बढाउने गरी गरिरहेको प्रयास सम्बन्धी प्रयासमा उनले अहिलेसम्म काग्रेसको कसैसँग तालमेल गर्ने औपचारिक निर्णय नभएको उल्लेख गर्दै अन्तिम समयमा आवश्यकता हेरी तालमेल हुन सक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र