रुपन्देहीमा चुनावी माहोलको अनुभूति

१० चैत्र २०६९, शनिबार ०९:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १० चैत । सरकारले असारमा संविधानसभाको निर्वाचन गराउने तयारी गरेपछि रुपन्देहीमा चुनावी माहोल गर्माको छ । निर्वाचन कार्यालयले चुनावी कार्यक्रमको लागि मतदाता नामावली दर्ता, निर्वाचन शिक्षा विकासलगायतका कार्यक्रम सञ्चालन गरेपछि चुनावी माहोल तातिएको महसुस गरिएको हो ।
जिल्लाका ७९ गाविस र दुई नगरपालिकाका हरेक वडामा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । यसको पूर्वतयारीस्वरुप अहिले निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालीम सञ्चालन भइरहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत तुलसी ज्ञवालीले जनाएका छन् । मतदाता नामावलीसम्बन्धि काम सञ्चालन गर्न जिल्लामा चलिरहेको स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रमअन्र्तगतका सामाजिक परिचालक तथा कार्यक्रम लागु नभएको स्थानबाट सम्बन्धित महिला स्वास्थ्यसेविकालाई अस्थायी निर्वाचन शिक्षा कार्यकर्ताका रुपमा खटाइने कार्यालय प्रमुख ज्ञवालीले जनाए । उनका अनुसार निर्वाचन शिक्षा कार्यकर्ताले लोकतन्त्र, संविधान, नागरिकको अधिकार, निर्वाचन प्रणालीलगायतका बिषयमा सर्वसाधारणलाई जागरुक पार्ने र वडामा गठन भएको वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्रमार्फत मतदाता नामावली संकलनमा दर्ता हुन छुटेकोलाई समेट्न सहयोग पुग्ने छ । फोटोसहितको मतदाता नामावलीमा छुट भएका मतदाताहरुका लागी पुनः फोटोसहितको मतदाता नामावली संकलन गर्ने अभियान चलाउन आज शनिबारदेखि गाविस र नगरपालीकाका हरेक वडामा पुग्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो संविधानसभाको निर्वाचनभन्दा कम मतदाताले नामावली दर्ता गराउनु, नागरिकता बनाउने उमेर पुगेकाले पनि नागरिकता नबनाउनु, नागरिकता बनाएकाले पनि दर्ता गराउन रुचि नदेखाउनु, बसाई सराई आएका र गएका मतदाताहरु आउने–जाने क्रम यथावत रहनु आदि कारणले तथ्याङ्क सहि नआएको बताउँदै यस्ता मतदाताहरुलाई लक्षित गरि नामावली संकलनको लागी टोली खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । मंसिर मसान्तसम्मको तथ्याङ्कअनुसार रुपन्देहीमा ३ लाख ५२ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जबकि संविधानसभाको निर्वाचनअघि भएको मतदाता नामावली संकलनमा ५ लाख २२ हजार मतदाता संख्या रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर