‘पूर्वप्रधानन्यायाधीशहरुको बिरोध पूर्वाग्रही’ !

१० चैत्र २०६९, शनिबार ०९:१२ मा प्रकाशित

काठमाडौं, १० चैत । बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाइएकोमा सुरुदेखि नै चर्को बिरोध जनाउँदै आएको नेपाल बार एसोसएिसनकै पंक्तिमा पूर्वप्रधानन्यायाधीश एवम् न्यायाधीशहरु पनि सामेल हुन पुगेका छन् । विशेषगरी पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले यस कार्यको अगुवाई गरिरहेका कानूनक्षेत्रमा चर्चा चल्न थालेको छ ।
यसक्रममा अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अविलम्ब प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने भन्दै पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरूले एक विज्ञप्ति प्रकाशित गरेका छन् । पूर्वप्रधानन्यायाधीश शर्मा तथा सर्वोच्चका पूर्वन्यायाधीशहरू बलराम केसी र भरतराज उप्रेतीले प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउने कार्य कानुनी शासन, संविधानवाद, स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भएकोले यो कार्य कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ । प्रधानन्यायाधीश स्वयं कानुनका ज्ञाता हुने हुनाले रेग्मीले मन्त्रिपरिषद्को अध्यक्षता गर्ने प्रस्ताव स्वीकार गर्न हुँदैनथ्यो भन्दै रेग्मीको आलोचना गरिएको छ । विज्ञप्तिमा विशेष जोडका साथ भनिएको छ, ‘मन्त्रिपरिषद्को अध्यक्षको रूपमा कार्यरत प्रधानन्यायाधीश खिलराज रेग्मीले अविलम्ब प्रधानन्यायाधीशको पदबाट राजीनामा गर्न माग गर्दछौं ।’
पूर्वन्यायाधीशहरुको यस कदमलाई न्यायक्षेत्रकै कतिपयलेचाहिँ रेग्मीको इष्र्यावश गरिएको पूर्वाग्रही कदम भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।