चुनावी तयारीका लागि कांग्रेसले बैठक बोलायो

१० चैत्र २०६९, शनिबार ०८:५२ मा प्रकाशित

काठमाडौ, १० चैत । वर्तमान राजनीतिक परिवेशमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल र निचोडका लागि नेपाली कांग्रेसले आगामी १५ गते बुधबार केन्द्रिय समितिको बैठक बोलाएको छ । विशेषगरी मुलुक निर्वाचनतर्फ गएको अनुभूति गरिएको परिवेशमा आगामी निर्वाचनका लागि तयारी र रणनीति निर्माण नै केन्द्रिय समिति बैठकको मूख्य एजेण्डा बन्ने बुझिएको छ ।
बताइएअनुसार बैठकपछि पार्टीका तल्ला कमिटीहरुलाई निर्वाचन मतदाता नामावलीमा नाम छुटेकालाई समावेश गर्ने र नाम बिग्रेकालाई सच्याउन चेतनामूलक कार्यक्रम वडा तहदेखि नै सञ्चालन गर्न केन्द्रीय समितिले निर्देशन दिनेछ । साथसाथै पार्टीको चुनावी घोषणापत्र, टिकट वितरण गर्ने संसदीय बोर्ड गठनबारे पनि छलफल गरिने सम्भावना रहेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जनाए ।
राष्ट्रिय मामलाका कतिपय मुद्दामा शीर्ष नेतृत्वले लिएका निर्णयहरु आम कार्यकर्ता तथा जनभावनाको विपरित रहेकाले ती विषयहरुमा पनि बैठकमा खुलेर बहस हुने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस