बोल्नु मात्र हुन्छ प्रचण्ड गर्नु केही हुन्न

२० चैत्र २०६८, सोमबार ०९:४० मा प्रकाशित

लक्ष्मणप्रसाद घिमिरे, प्रमुख सचेतक नेपाली कांगे्रस
० शान्ति प्रकृयामा गतिरोध आउने सम्भावना छ ?
– हजार जिब्रो भएको शेष नागले पनि माओवादीको वर्णन बुभ्mन नसक्ने भयो । १२ बुँदै हुँदै ८ बुदे, वृहद शान्ति सम्झौता हुँदै गत कात्तिक १५ मा जुन सात बुँदे सहमति भयो । त्यसपछि हामीले शान्ति प्रकृया टुंगो लाग्छ भनेका थियौं । उहाँहरुले नै मंसिर ७ भित्र सबै कुरा टुंगो लाग्छ भनेर माओवादीले भनेको हो । चैत सकिसक्यो, शान्ति प्रकृया टुंगो लागेको छैन ।
० चैत अन्तिममा भन्नुभएको छ प्रधानमन्त्रीले ?
– के हो चैत अन्तिममा भनेको ? जेठ १४, २०६९ आउन अब कत्ति बाँकी छ । शान्ति प्रकृया नटुंगी संविधान निर्माण प्रकृया अघि बढ्दैन यसमा कसैले दुविधा राख्नु हुन्न ।
० के कारणले शान्ति प्रकृयाको हलो अड्कियो ?
– प्रधानमन्त्री डा. बाबुराम भट्टराई अत्यान्तै दुविधामा हुनुहुन्छ ।
० किन ?
– अघिल्लो दिन सबै कुरा मिल्यो भनेपछि भोलिपल्ट कमाण्डरहरुसँग सल्लाह गर्न बाँकी छ भन्नुहुन्छ  । अलिकति पुनव्र्याख्या गर्नुप¥र्यो किन ? अघिल्लो दिनमा नै सबै कुरा किन टुंगो नलगाएको ? सबै कुरा कात्तिक १५ को सात सहमतिअनुसार हुनेछ भनिसकेपछि कहिले जर्नेल, कहिले कर्णेलको विवाद किन निकाल्नु ?
० पदपूर्ति समितिमा माओवादी अडान कायमै छ नि ?
– उहाँहरु शान्ति प्रकृयामा अगाडि बढ्न चाहनु हुन्न । एक कदम अगाडि बढ्ने दुई कदम पछाडि हट्ने प्रवृत्ति माओवादीभित्र देखियो । जेठ १४ लाई प्रभावित पारिरहने ।
० विश्वासको संकटलाई कसरी समाधान गर्ने ?
– यसको एउटै मात्र उपाय छ, माओवादी अध्यक्ष प्रचण्डजीले बोलेको कुरा पूरा गर्नुहोस् ।
० शान्ति र संविधानबाट पछि हट्दिन भन्नुभएको छ प्रचण्डले त ?
– उहाँले तीन दिनमा चमत्कार गर्छु भन्नुभयो, ९ दिनमा भएन । ९ दिनमा गर्छु भन्नुभयो, ९ महिनामा भएन । यस्ता कुरा प्रचण्डजी भनिराख्नुभएको छ । भनिरहनु हुन्छ । भन्ने मात्र होइन, गर्नुपर्छ ।
० शान्ति प्रकृया अघि बढेन भने संविधान बन्दैन ?
– यो प्रश्नको उत्तर दिइरहनु जरुरी छ । कोही पनि यो विषयमा दुविधामा नपरुन ।
० संविधान प्रकृया अघि बढाउदा के हुन्छ ?
– बन्दुक तेस्याएर हामीले भनेजस्तो जनसंविधान चाहिन्छ भन्ने अभिव्यक्ति आइरहेका छन् ।
० जेठ १४ भित्र संविधान आएन भने के हुन्छ ?
– यसको सम्पूर्ण जिम्मेवारी ठूलो पार्टी गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारी घोषणा गर्नुभएका प्रचण्डजीले नै व्यहोर्नुपर्छ । के हुन्छ भन्ने कुरा उहाँलाई नै थाहा होला ।
० कांगे्रसको जिम्मेवारी हुदैन ?
– जिम्मेवार भएर नै हामीले लडाकू समायोजनमा लचकता अपनाएका हौं । ३५ सय बन्दुक भएकाले ६ हजार ५ सयसम्म मानेका छौं । योभन्दा बढी लचकता के देखाउने ?
० पश्चिम सेती निर्माणका लागि किन बाटो खोलिदिनुभयो ?
– यसमा दुईवटा कारण छन् । एउटा मित्र राष्ट्र चीनको एउटा ठूलै कम्पनीले आएको छ । यसमा कानुनी त्रुटी हुँदाहुँदै पनि चीनको ठूलो कम्पनीले गर्छु भन्छ भने नेपालको कानुनअनुसार गर्छुभनेकाले हामी सबैले सकरात्मक सोच राख्यौं । होइन, विपक्षीकै भूमिका खेल्ने हो भने अहिलेसम्म कुरा खारेज गरिदिए पनि हुन्थ्यो । कांगे्रसजस्तो जिम्मेवार पार्टीले जलस्रोतमा राजनीति गर्नु हुन्न भनेरै पश्चिम सेतीमा भएका कमजोरी सच्चाएर लगानी बोर्डमार्पmत् काम अगाडि बढाउन हामीले अनुमति दिएका हौं ।
० पहिला विरोध गर्नुहुन्थ्यो अहिले समर्थन गर्नुभएको छ नि ?
– हामीले विरोध गरेका छैनौं । म जलस्रोत मन्त्री हुँदा स्मेकलाई दिएको हो । उसले पैसा जम्मा गर्न नसकेको कारणले काम अगाडि बढ्न सकेन । त्यसपछि नेपाल सरकारले लियो । नेपाल सरकारले लिइसकेपछि चीनको सफ्टलोनमा नेपाल सरकारले बनाउने कुरा अघि बढिरहेको थियो । तर हठात् ऊर्जा मन्त्रालयले थ्रीगर्जेजसँग हस्तक्षार गरिदियो । नेपाल आपैmले बनाउन पाएको भए अहिलेको भन्दा धेरै राम्रो हुन्थ्यो । यो योजना तीन कारणले बन्नुपर्छ । पछडिएको सुदूरपश्चिम क्षेत्रलाई एउटा ठूलो योजनाको आवश्यकता छ । रोजगारी र उद्योगधन्दा संचालनका लागि पनि यो योजना आवश्यक छ । लोडसेडिङ कम गर्न जलासययुक्त आयोजना आवश्यक छ । डिटेल सर्भेक्षण भएको पश्चिम सेतीजस्तो अरु योजना छैन ।
० यो आयोजना तपाईं पनि चाहनु हुन्थेन अरे नि ?
– यस्ता बकबास छोड्दियौं । मन्त्रिपरिषद्बाट स्वीकृत नभएको योजना एउटा सहसचिवले ल्याएको भरमा आँखा चिम्लेर समर्थन गर्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई