भगवान कोइराला आइतबारदेखि काममा फर्कने

१० चैत्र २०६९, शनिबार ०८:२५ मा प्रकाशित

काठमाडौं, १० चैत । शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. भगवान कोइरालाको राजीनामा अस्वीकार गरिएको छ । त्रिभुवन विश्वविद्यालयले अस्वीकृत गरेको छ। डिन कार्यालयलाई आर्थिक अधिकारसम्पन्न पार्ने र सरकारले बाचा गरेको  रकम तत्काल एकमुस्ट निकासा गर्ने भएपछि डा. कोइराला आगामी आइतबारदेखि काममा फर्किने भएका हुन्। टिचिङभित्रैबाट आफ्ना योजना असफल पार्न खुट्टा तान्ने काम भएको एवं सरकारले प्रतिबद्धता जनाएको रकम समेत नदिएको भन्दै फागुन २४ गते डाक्टर कोइरालाले पदबाट राजीनामा दिएका थिए। उनले मागेबमोजिम सरकारले व्यवस्था गर्नुपर्ने र कोइरालाले पनि राजीनामा फिर्ता लिनुपर्ने भन्दै चिकित्सक, विद्यार्थी तथा सर्वसाधारणलगायतबाट दबावका लागि आवाज उठेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले