गण्डक जलजलविद्युत् आयोजनाको उत्पादन क्षमताभन्दा चार गुणा कम

९ चैत्र २०६९, शुक्रबार २३:२१ मा प्रकाशित

नवलपरासी, ९ चैत ।  नवलपरासीको गुठीसूर्यपुरामा रहेको गण्डक जल विद्युत केन्द्रमा रहेका तीनवटा टर्वाइनमध्ये दुईवटा विग्रँदा क्षमताअनुसारको विद्युत उत्पादन हुन सकेको छैन । तीनवटा टर्वाइनबाट प्रतिघण्टा १५ मेघावाट विद्युत उत्पादन क्षमता भएपनि अहिले एउटा मात्र टरवाइन चल्दा प्रतिघण्टा चार मेघावाट मात्र विद्युत उत्पादन भएको गण्डक जल विद्युत केन्द्रका सहायक इन्चार्ज श्यामकुमार चौधरीले बताउनुभयो ।
चौधरीका अनुसार एउटा टरवाई विगत पांच बर्षदेखि क्वाइल जलेका कारण सञ्चालनमा आउन सकेको छैन भने अर्को  १५ दिनदेखि तेल लिक भएर बन्द गर्नुपरेको छ ।
त्यसैगरी तीनवटै टर्वाइन चलाउन भारतीय पश्चिम नहरमा १२ हजार क्युसेक पानीको वहाव आवश्यक पर्नेमा भारतीय पक्षले सो अनुसारको नहरमा पानी नदिंदा मुस्किलले दुई वटा मात्र सञ्चालन हुने गर्दछ । अहिले नहरमा ६ हजार क्यूसेक मात्र पानी दिएको कारण दुईवटा टरवाइन पनि सञ्चालन गर्न नसकिने अवस्था रहेको विद्युत केन्द्रका सहायक इन्चार्ज चौधरीले बताउनुभयो ।
चार टा टरवाइन रहेको उक्त विद्युत केन्द्रमा अहिले एउटा टरवाइन सञ्चालनमा रहेको छ भने एउटा जगेडा राखिएको छ । चैत्र १५ गतेपछि भारतले नहरमा पानी बन्द गरेपछि तेल लिक भएको टरवाइन मर्मत थालिने चौधरीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।