भारतीय प्रहरीको नियन्त्रणबाट दुई निर्दोष नेपाली मुक्त

९ चैत्र २०६९, शुक्रबार २३:०० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ चैत । तीन हप्तादेखि भारतीय प्रहरीको नियन्त्रणमा रहेका दुई नेपालीलाई प्रहरीले नियन्त्रणमुक्त गरेको छ । सीमाक्षेत्र गणेशपुर गाविस ७ का ३० वर्षीय चिनकन पठान र २५ वर्षीय रिजवान पठानलाई नेपाल प्रहरीले भारतको बलरामपुर जिल्ला पचपेढवा थानाबाट थुनामुक्त गरेका हुन् । गणेशपुर गाविस सीमासंगै जोडिएको भारतीय जंगलका पाले भारतीय नागरिक अब्दुल गनी धोवीको हत्याको आशंकामा भारतीय प्रहरीले दुवै पठानलाई फागुन १८ गते भारतीय बजारबाट पक्राउ गरेको थियो । उनीहरुलाई भारतीय बजार बढनीबाट सामान खरिद गरी नेपालतर्फ फर्कंदै गर्दा भारतीय प्रहरीले सीमानाकाबाट पक्राउ गरेको थियो । भारतीय प्रहरीको नियन्त्रणमा परेका उनीहरु निर्दोष रहेका कारण भारतीय प्रहरीसंग समन्वय गरी नियन्त्रणमुक्त पारिएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताए ।
हत्याको आरोप लागेका गणेशपुर गाविसका ४ जना व्यक्तिहरु फरार छन्, प्रहरी उपरीक्षक ढकालले भने,  सो घटनामा पक्राउ परेका दुईजना पठानहरुको कुनै संलग्नता नभएका कारण उनीहरुलाई भारतीय प्रहरीको नियन्त्रणबाट मुक्त गर्न सकियो । उनीहरुलाई नियन्त्रणमुक्त पार्न नेपाल प्रहरीका तर्फबाट प्रहरी निरिक्षक डिलबहादुर मल्लको नेतृत्वमा नेपाली टोली भारतीय प्रहरी प्रशासनसंग समन्वय गर्न खटिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण