‘दुई तिहाई’ पाए प्रचण्डले देश बनाउने !

९ चैत्र २०६९, शुक्रबार २२:५० मा प्रकाशित

काठमाडौं, ९ चैत । एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानन्यायाधीशलाई सत्ता सुम्पिनुको तात्पर्य एनेकपा माओवादी सत्ताको लालची नभएको भन्ने सावित गर्नको लागि भएको नयाँ तर्क गरेका छन् । चुनावकै लागि माओवादीले त्याग र जबरदस्ती गरेर प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिएको शुक्रबार धनुषामा आयोजित एक कार्यक्रमबीच उनले बताए । माओवादीले कुनै हालतमा सत्ता छोड्दैन भन्ने प्रचारलाई यसैले झुठा सावित गरेको छ भन्दै उनले माओवादीकै प्रस्तावमा प्रधानन्यायाधीश नेतृत्व चयन गरिएपछि जनतामा थप विश्वास बढेको दाबी गरे।
निर्वाचन आयोगका पदाधिकारीको प्रस्ताव राष्ट्रपतिले फिर्ता पठाएर आयोगलाई पूर्णता दिने कार्य अन्योलमा परेको अवस्थामा प्रचण्डले आगामी असारमै निर्वाचन हुने ठोकुवा गरे । अधिकार खोज्ने सबैका लागि मागेअनुसारको अधिकार एमाओवादीले दिने तर यसका लागि दुई तिहाई मत दिनैपर्ने जिकीर उनको थियो । आफ्नो पार्टीलाई ८० प्रतिशत मत हासिल हुने दाबी गरेर मास हँसाउन पनि उनी चुकेनन् । दश वर्षे जनयुद्धको तयारी धनुषाबाटै भएको नयाँ वक्तव्यवाजी गर्दै प्रचण्डले आफू अब मधेसतिरैबाट चुनाव उठ्ने बिचार गरेको भन्न पनि भ्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।