निर्वाचनबारे आयोगले टुंग्याएपछि मात्रै प्रहरीले रणनीति बनाउने

९ चैत्र २०६९, शुक्रबार २२:२७ मा प्रकाशित

काठमाडौं, ९ चैत । प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले आगामी संविधानसभाको निर्वाचन प्रहरीले नभएर निर्वाचन आयोगले गराउने बताएका छन् । निर्वाचनसम्बन्धी सुरक्षाको प्रगतिबारे सोधिएको एक सवालको जवाफमा उनले उक्त प्रस्टिकरण दिएका हुन् । आइजीपी रानाले निर्वाचन भयरहित र त्रुटिमुक्त तुल्याउनुचाहिँ प्रहरीको जिम्मेवारीभित्र पर्ने र त्यसका लागि आवश्यक गृहकार्य भइरहेको जनाए ।
आयोगले गरेको निर्णयअनुसार निर्वाचनका क्रममा मतदान केन्द्र, मतपेटीका, मतपत्रको सुरक्षा, भयरहित मतदानको वातावरण र निर्वाचनका क्रममा त्रुटिरहित सुरक्षाको व्यवस्था प्रहरीको जिम्मेवारीभित्र पर्ने खुलस्त पार्दै महानिरीक्षक रानाले भने, ‘प्रहरी सदैव देश र जनताको शान्ति र सुरक्षाका लागि खटिने सुरक्षाको अंग हो, त्यसमा पनि राष्ट्रिय निर्वाचन भनेको विशेष परिस्थिति भएकाले सोहीअनुसारको सुरक्षा रणनीतिमा जुटेका छौं ।’ उनले थपे, ‘पहिला आयोगले पूर्णता पाओस्, त्यसपछि उसले निर्वाचन कहिले, कति चरणमा गर्ने योजना बनाउँछ, त्यहीअनुसार सुरक्षाको पूर्वाधार मिलाउनुपर्ने हुन्छ, त्यसमा पनि प्रहरीमात्रै सुरक्षाको अङ्ग होइन, सुरक्षाका अन्य अङ्गसँग पनि समन्वय गरिन्छ ।’
यसैबीच चुनावी मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नेपाल प्रहरीको मुख्यालयको निरीक्षण भ्रमण गर्दै निकट भविष्यमा गर्ने तय भएको संविधानसभाको निर्वाचनमा प्रहरीले खेल्नुपर्ने भूमिका र दायित्वकाबारे प्रहरीका उच्च अधिकारीसँग छलफल गर्नुका साथै निर्देशन दिएका छन् । सोमबार अपराह्न र मङ्गलबार बिहान गरी दुई दिनसम्म लगातार नेपाल प्रहरीको मुख्यालयको निरीक्षण भ्रमणका साथै उच्च अधिकारीलाई ब्रिफिङका क्रममा गृहमन्त्री घिमिरेले प्रहरीलाई आवश्यक न्यूनतम जनशक्ति र भौतिक पूर्वाधार उपलब्ध गराइएपछि त्यसको नतिजा व्यवहारमा देखिनुपर्ने सुझावयुक्त निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय