अस्वाभाविक रुपमा कमाउने नेताहरुको सम्पत्ति छानबिन सुरु

९ चैत्र २०६९, शुक्रबार १७:२८ मा प्रकाशित

काठमाडौं, ९ चैत । स्याल कराउनु र बाख्रा हराउनु भन्ने नेपालीमा एउटा उखान छ । संयोगले यस उखानसँग मेल खाने घटनाक्रम यतिबेला देखिएको छ । राजनीतिक दलहरुबाट कर्मचारीहरुको हातमा सत्ता पुगेलगत्तै वित्तीय जानकारी इकाइले राजनीतिक दलका प्रभावशाली नेता, आफन्त र नजिकका कार्यकर्ताहरुको सम्पतिको अनुसन्धान सुरु गरेको छ। यो काम वर्तमान सरकारको निर्देशनमा भएको नभए पनि घटनाक्रमले रेग्मी सरकारलाई नै जश मिल्ने प्रकृतिको रहेको देखिएको छ ।
पछिल्लो समय राजनीतिक दलका नेता र उनीहरुका निकटवर्तीहरुको अस्वभाविक आर्थिक कारोबार वढ्न थालेपछि सम्पति सुद्धिकरण विभागसँग मिलेर वित्तीय जानकारी इकाइले अनुसन्धान थालेको बताइएको छ । इकाइले विभिन्न दलका नेता, तिनका परिवारको बैंक खाता, सम्पतिलगायतका बारेमा जानकारी संकलन गर्न थालेको हो। सरकारमा सहभागी केही नेताहरुको अस्वभाविक आर्थिक लेनदेनका कारोबार वढेपछि इकाइले अरु नेतामाथि पनि अनुसन्धान थालेको बताइएको छ । सो ईकाइले विजयकुमार गच्छदार, सुजाता कोइराला, प्रचण्डका नामले चिनिने पुष्पकमल दाहाल, उनका दायाँ हातका रुपमा चिनिएका अग्नीप्रसाद सापकोटा,  बाबुराम पत्नी हिसिला यमी, हृदयस त्रिपाठी, निवर्तमान संचारमन्त्री राजकिशोर यादव, लगायतका नेताहरुको सम्पति र वित्तीय कारोबारको अनुसन्धान थालेको हो। छोटो अवधिमै अस्वभाविक रुपमा सम्पति कमाएका ४ सय ५० जना गैरराजनीतिज्ञ माथि इकाइले अनुसन्धान गरिसकेको सम्वद्ध स्रोतले जनाएको छ ।
इकाइले बैंक तथा वित्तीय संस्थामा संकास्पद रुपमा करोडौं रुपैयाँ राख्दै निकाल्दै स्रोत नखुल्ने गरी लगानी गरेको फेला पारेपछि अनुसन्धान थालेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको