जनमोर्चाको आह्वानमा ५ अञ्चल बन्द, बन्दकर्तामाथि धरपकड

२० चैत्र २०६८, सोमबार ०९:३० मा प्रकाशित

काठमाडौ, २० चैत । राष्ट्रिय जनमोर्चाको बन्दका कारण नारायणी अञ्चललगायत विभिन्न ५ अञ्चलको जनजीवन आज बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन ठप्प रहेको छ भने बजार, कलकारखाना, शिक्षण संस्थालगायत बन्द छ । जनमोर्चाले नारायणीलगायत भेरी, कर्णाली, सगरमाथा र जनकपुर अञ्चल बन्दको घोषणा  गरेको हो । संघियताको खारेज गर्नु पर्ने, जेठ १४ भित्र संविधान बन्नु पर्ने र स्थानिय निकायको निर्वाचन हुनु पर्ने माग गर्दै जनमोर्चांले आज एक दिनका बन्दको आह्वान गरेको हो ।  बन्द साँझ ५ बजेपछि खुल्ने छ ।
यसैवीच प्रहरीले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष लक्ष्मण विष्टसहित केही कार्यकर्तालाई पक्राउ गरेको छ । संघियताको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले गरेको नारायणी अञ्चल बन्दका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । शान्तिपुर्ण रुपमा सडकमा हिडिरहेको समयमा प्रहरीले जिल्ला अध्यक्ष विष्टसहित जिल्ला समिति सदस्य हरिकृष्ण कार्की, दिपक केसी, कृष्ण बहादुर विष्ट शुदर्शन कार्कीलगायतालाई पक्राउ गरेको जनमोर्चाले बताएको छ । जनमोर्चाले पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गरेको छ । तर  प्रहरीले भने माथिको आदेश विना रिहा गर्न नमिल्लने बताएको छ । बन्दका कारण मकवानपुरमा बिहानैदेखि यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना ठप्प छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाले गरेको  भेरी काणाली बन्दका कारण  आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधन सन्चालनमा नआएको मध्यपश्चिम क्षेत्रिय  ट्राफिक कार्यलय कोहलपुरले जनाएको  छ । आमहड्तालका  कारण भेरी कर्णाली  अञ्चलका जिल्लाहरुमा  यातायात, कलकारखाना, उद्योग, व्यवसाय, शिक्षण संस्था, सरकारी तथा गैरसरकारी संघ–संस्था तथा कार्यालय पुर्णरुपमा बन्द छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ