अवैधानिक रुपमा नेपाल प्रवेश गरेका भारतीय सेना एसएसवीको जिम्मा लगाइयो

९ चैत्र २०६९, शुक्रबार १७:०६ मा प्रकाशित

काठमाडौ, ९ चैत । पूर्वी नेपाल इलामको सीमावर्ती स्थल पशुपतिनगरबाट प्रहरीले नियन्त्रणमा लिएका छ जना भारतीय सैनिकलाई एक घण्टामै छोडिएको छ । शुक्रबार पशुपतिनगर बजारमा सैनिक पोषाक र हतियारसहित उनीहरुलाई भेटेपछि त्यहाँस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको थियो । विहान ११ बजेतिर पक्राउ परेका उनीहरुलाई प्रहरीले भारतीय सीमा सुरक्षा बल (एसएसवी)को जिम्मा लगाएको बुझिएको छ ।
छोडिनुअघि इलाका प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिएको थियो । पशुपति फाटक र सुखियाबीचको सीमाना भन्ने स्थानको वैकल्पिक बाटोबाट उनीहरु पशुपतिनगर निस्किएको प्रहरीले जनाएको छ । नियमित सीमा जाँचका क्रममा फाटकमा आउन खोज्दा बाटो भुलेर पशुपतिनगर बजारमा निस्किएको अनुसन्धानले देखाएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको