लोकमानको मार्गमा सर्वोच्चको तँगारो

९ चैत्र २०६९, शुक्रबार १६:३९ मा प्रकाशित

काठमाडौ, ९ चैत । चार दलका शीर्षनेता र विशेषगरी प्रचण्ड र विजय गच्छदारको जोडबलका बावजुद लोकमान सिंह कार्कीको अख्तियार प्रमुख ओहदामा विराजमान हुने सपना चक्नाचुर हुने सम्भावना बढेको छ ।  सर्वोच्च अदालतले कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने प्रक्रिया रोक्ने आदेश दिएपछि यस्तो अनुभूति गरिएको हो । कार्कीलाई उक्त पदका लागि दलहरुले प्रस्ताव गरेपछि सो कारवाही रोक्नका लागि चौतर्फी बिरोध भएको छ भने सर्वदलीय राजनीतिक समितिले अन्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा कार्कीलाई नियुक्ती गर्न आधिकारिक तवरमा सरकार समक्ष सिफारीश गरेपछि प्रक्रिया रोक्न रिट परेको थियो । सर्वोच्चका न्यायाधीश सुशीला कार्कीको एकल इजलाशले आगामी २५ गतेसम्मका लागि कार्कीलाई अख्तियार प्रमुख नियुक्त गर्ने प्रक्रिया रोक्नको लागि आदेश दिएको छ । आदेशअनुसार २५ गते दुवै पक्षले छलफलका लागि उपस्थित हुनुपर्ने छ ।
कार्कीलाई अख्तियारमा नियुक्त गरे हटाउने वैधानिक संस्था संसद् नभएको र राजनीतिक प्रतिशोधको शिकार हुनुपर्ने अवस्था आउन अधिवक्ता ओमप्रकाश यादवद्वारा दायर गरिएको रिटमा औंल्याइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट