चन्दा नदिएको भन्दै एमाओवादीद्वारा उमाविमा तोडफोड

९ चैत्र २०६९, शुक्रबार १६:२५ मा प्रकाशित

झापा, ९ चैत । मागेअनुसार चन्दा नदिएको भन्दै भद्रपुरमा शुक्रबार बिहान एमाओवादीका कार्यकर्ताले स्थानीय एक उच्च माविमा तोडफोड मच्चाएका छन् । भद्रपुर नगरपालिका–११ स्थित एमरल्ड उच्च माविमा एमाओवादीसम्वद्ध अखिल क्रान्तिकारीका विद्यार्थीहरुको समुहले स्कुल प्राङ्गणमा पार्किङ्ग गरी राखेको मे.१ ख ११७० नम्बरको बसको शिशा तथा कार्यालयभित्रका कम्प्युटर र टेलिफोन तोडफोड गर्नुको साथै दराजबाट कागजपत्रहरु निकाली फालेका छन् । तोडफोड गर्नेहरु फरार रहेका र उनीहरुको प्रहरीले खोजी गरे पनि फेला पर्न सकेका छैनन् ।
उमावि स्रोतका अनुसार केही समयदेखि लाखौँ चन्दा मागेर विद्यालय व्यवस्थापनलाई एमाओवादी कार्यकर्ताले निकै सास्ती दिँदैआएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र