संवैधानिक उपसमितिको म्याद अब विवाद नसल्टीए सम्म

२० चैत्र २०६८, सोमबार ०९:२९ मा प्रकाशित

संविधानका विवाद मिलाउने जिम्मा पाएको संवैधानिक उपसमितिको म्याद आज सकिदैछ । तेस्रो पटक थपिएको समयसीमा कुनै छलफल नगरि कटाएको उपसमितिलाई आज सम्म संविधानका विवाद मिलाएर संवैधानिक समितिमा पेश गर्ने जिम्मेवारी दिएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजगत्वमा रहेको उपसमितिले पछिल्लो पटक दिएको १० दिनको समयसीमामा एउटा पनि बैठक गरेको छैन । उपसमितिका सदस्य लक्ष्मणलाल कर्णले भने विवाद समाधान नगरेसम्म उपसमितिको म्याद रहेको प्रतिक्रिया दिनुभयो । पटक पटक म्याद थप्ने समय सिमा तोक्ने तर बैठक नगर्नुको अर्थ छैन अब संविधानका विवाद नमिलेसम्मका लागि उपसमितिको म्याद रहन्छ कर्णले भन्नुभयो । संवैधानिकसमितिका सभापति निलाम्बर आचार्यले भने छलफल नै नगरि उपसमितिले म्याद गुजारेकोमा असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७