सञ्जयदत्तलाई सात वर्ष जेल सजायको फैसला

८ चैत्र २०६९, बिहीबार १३:५८ मा प्रकाशित

एजेन्सी, ८ चैत । २० बर्षअघि मुम्बईमा शृंखलाबद्ध बिस्फोट हुँदा दुईसय ५७ जनाको मृत्यु भएको घटनामा सघाएको आरोप खेप्दै आएका बलिवुड नायक सञ्जयदत्तलाई भारतको सर्वोच्च अदालतले ७ वर्ष कैद सजायको फैसला गरेको छ । सन् १९९३ मा मुम्बईमा भएको शृंखलावद्ध बम बिस्फोटमा सहयोग गरेको आरोपमा उनीबिरुद्ध मुद्दा चलाइकएको थियो भने केही वर्षअघि १८ महिनाको कैद उनले भुक्तान गरिसकेका छन् । ५४ बर्षीय दत्तले अब पाँच वर्ष जेल बस्नुपर्ने छ ।
भारतीय सुप्रिमकोर्टको बिहिबारको फैसलाले सञ्जयदत्तका शुभचिन्तकहरुलाई नराम्रो ठेस पुर्याएको एले उल्लेख गरेका छन् । विशेषतः पाँच वर्षसम्म सिनेमामा काम गर्न पनि नपाउने भएकाले सञ्जयदत्तलाई नायक बनाएर निर्माणाधीन रहेका केही चलचित्रहरुलाई नराम्रो असर पुग्ने बताइएको छ ।
सन् १९९३ को मार्च २० का दिन घटाइएको उक्त घटनामा संलग्न १२ जनालाई अदालतले यसअघि नै मृत्यु दण्ड फैसला सुनाइसकेको थियो भने २० जनालाई आजिवन काराबासको सजाय सुनाइसकेको छ । अन्य ६८ जना आरोपीलाई अदालतले बिभिन्न अवधिको जेल सजाय सुनाएको थियो । दत्तविरुद्ध पनि अवैध हतियार राखेको, आतंकवादी क्रियाकलापमा सहयोग गरेको भन्ने आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले