मुख र दाँतको स्वास्थ्यबारे जनचेतना आवश्यक

८ चैत्र २०६९, बिहीबार १३:२३ मा प्रकाशित

बुटवल, ७ चैत ।  वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीले विश्वका सात अर्ब जनसंख्या मध्ये पौने सात अर्बमा कूनै न कुनै प्रकारको मुख तथा दाँतसम्बन्धी रोग रहेको जानकारी गराएका छन् । मुख तथा दाँतको रोगले नेपालमा पनि समस्या ल्याएको बताउँदै उनले मुखसम्बन्धी स्वास्थ्यलाई सामान्य रुपमा लिने मानसकितामा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गरे ।
दन्त व्यवसायी तथा दन्त चिकित्सिकद्वारा बुटवलमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा मुख तथा दाँतको स्वास्थबारे जनचेतना जगाउने कार्यमा सञ्चारकर्मीहरुसँग आग्रह गर्दै उनले मुख र दाँतको नियमित परीक्षण गराउन र साँझ–बिहान चार–चार मिनेट लगाएर दाँत सफा गर्न आग्रह गरे । मुख तथा दाँत शरिरको ढोका भएकोले ढोका हरहमेसा सफा राख्नु अत्यावइक रहेको डा. बुढाथोकीको कथन थियो । मुख फोहोर भए सिङ्गो शरिर नै अस्वस्थ्य हुने र अनेक रोग पैदा हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
यस क्षेत्रमा लामो समयदेखि सेवा प्रदान गर्दै आएका डा. बुढाथोकीले दा“त तथा मुख परिक्षण गराउन आएका महिलाहरुले मुख र दा“तको रोग प्रशव पीडाभन्दा चर्को हुने आफुलाई बताउने गरेको जानकारी दिए ।
– चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट