निलम्वित एसएसपीको अमेरिका भाग्ने तयारी

८ चैत्र २०६९, बिहीबार ०८:१५ मा प्रकाशित

काठमाडौं, ८ चैत । अवैध विदेशी मुद्रा तस्करी प्रकरणमा निलम्बनमा परेर पनि पूर्वगृहमन्त्री विजय गच्छदारका कारण अगाडिको कारबाही प्रक्रिया रोकिएका का एसएसपी रविराज श्रेष्ठको कारबाही प्रक्रिया गृहमन्त्रालयले अघिबढाएको छ । प्रहरी संगठनलाई नै बदनाम गराउने काम गरेको भन्दै वर्तमान चुनावी सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरे स्वयं उनलाई कारबाही गराउन अघि सरेको प्रहरी स्रोत बताउँदछ ।
प्रहरी प्रधान कार्यालयले एसएसपी श्रेष्ठलाई स्पष्टिकरणका लागि बुधबार सातदिने सूचना प्रकाशित गरेको छ । यसअघि पनि उनलाई दुईपटक यस्तै मौका दिइएको थियो तर चित्तबुझ्दो जवाफ नआएपछि अन्तिम पटकका लागि मौका दिइएको बताइएको छ । गृह स्रोतका अनुसार पर्याप्त प्रमाण फेला परेको र प्रधान कार्यालय स्वयंले बर्खास्तगीका लागि गृहलाई पत्राचार गरेकाले एसएसपी श्रेष्ठ बर्खास्त हुनबाट जोगिने अब कुनै आधार बाँकी छैन ।
कारबाही प्रक्रिया सुरु भएपछि भारत गई लुकेर बसेका श्रेष्ठ अमेरिका पलायन हुने कसरतमा रहेका उनका मित्रमण्डलीबाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४