नागरिकता प्रकरणमा मुछिएका झा एमाले छोडी एमाओवादीतिर

८ चैत्र २०६९, बिहीबार ०७:५७ मा प्रकाशित

काठमाडौं, ८ चैत । एमालेका प्रभावशाली नेता केपी ओलीसँग विशेष टक्कर प्रदर्शन गर्दै आएका मधेसका रामचन्द्र झा अन्ततः एमाओवादी प्रवेश गर्ने निचोडमा पुगेको उनीनिकट स्रोतले जानकारी दिएको छ । अशोक राईले जातीय पार्टी निर्माण गर्दा नै सँगै पार्टी छाड्न लागेको घोषणा गरेका झा त्यतिबेला बल्झिएको नागरिकता विवादमा पार्टीले जोगाइदिने भएपछि रोकिएका थिए । उनी भारतीय नागरिक भएको, केही वर्षअघि मात्रै उनले नेपाली नागरिकता लिएकोले छानबिन गरी कारवाही हुनपर्ने विषय त्यतिबेला निकै चर्चामा थियो । अहिले सो सन्दर्भ फेरि ओझेलिएको मौका पारेर उमालेको पोलिटब्यूरो सदस्यसमेत रहेका रामचन्द्र झा आगामी चुनावमा एमाओवादीले मधेसी मोर्चासँग गर्न लागेको सम्भावित चुनावी एलाइन्समाथि नजर राखेर एमाओवादी प्रवेश गर्न लागेको स्रोतको दाबी छ ।
राज्य पुनःसंरचनाबारे एमालेसँग आफ्नो विचार नमिलेकाले विचार मिल्ने कम्युनिस्ट पार्टीसँग सहकार्य गर्ने भन्दै यसमा एमाओवादी नै आफ्नो सोचअनुरुपको रहेको तर्क झाले आफूनिकटकाहरुसँग गर्ने गरेका छन् । संघीयता र राज्यपुनर्संचनाको सवालमा एमाले धर्मरिएको आरोपसमेत झाले लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको