नौ चेली फर्काउन भारतमा लफडा

८ चैत्र २०६९, बिहीबार ०७:५५ मा प्रकाशित

काठमाडौं, ८ चैत । भारतमा नर्सिङ पढ्न गएका नौ नेपाली चेली फर्काउन गएका अभिभावकहरूले ज्यानै जोखिममा पारेर सफलता हात पारेको समाचार यतिबेला चर्चामा छ । विजयमोहन साह, राजाराम यादव र लखनउका अर्का दलालको भरोसामा कर्नाटकको बिदरस्थित गाउँमा रहेको कलेजमा रहेका चेलीहरूले अभिभावकसँग सम्पर्क गरी रुवावासी गरेपछि लिन जाँदा उनीहरूमाथि कुटपिट भएको थियो । विराटनगरमा सक्रिय वकिलदेखि कलेज सञ्चालक र प्रिन्सिपलसम्मका छोरी र श्रीमतीसमेत समूहमा रहेकाले युवतीहरूलाई बन्धनमुक्त गर्न भारतस्थित नेपाली दूतावासलाई दबाब परेको थियो । दूतावासले फर्काउन नसकेपछि उनीहरूले भारतस्थित सङ्घसंस्थामा आबद्ध नेपालीलाई गुहारेका थिए ।
नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे र भारतीय जनता पार्टीमा सक्रिय नेपाली युवा सन्दीप रानाले माथिल्लो तहसम्म दबाब सिर्जना गरी सुरक्षित वातावरण बनाएका थिए । उनीहरू स्वयम् अभिभावकलाई लिई कर्नाटक पुग्दा कलेज सञ्चालकले प्रतिचेली चार लाख बुझाएपछि मात्र छाड्ने अडान लिएकोले विवादले उग्र रूप लिएको थियो । दुवै पक्षले आ–आफ्नो पहुँचको प्रयोग गर्न थाल्दा चेलिबेटी बन्धक बनाएको अभियोग दर्ता हुने त्रास र उपल्लो तहबाट दबाब थेग्न नसक्ने देखिएपछि सञ्चालक निरीह भई नौ नेपाली चेलीलाई मुक्त गर्न बाध्य भएका थिए ।
मुक्त भएपछि चेलीहरूले आफ्ना अभिभावकसँग रुवावासी गर्दै आफूहरूले अर्को जीवन पाएको बताएका छन् । प्रतिव्यक्ति चार लाख भारुमा नर्सिङ कोर्स पूरा गराउने भनिए पनि पूर्वाधारबिना सञ्चालित रुरल नर्सिङ कलेज नाम दिइएको उक्त कलेजमा उनीहरूले महिनौँसम्म कष्टकर जीवन भोगेको सुनाए । जबर्जस्ती राजनीतिक ¥यालीमा समेत सहभागी गराइएको दुखेसो पनि उनीहरूले पोखेका थिए । शैक्षिक संस्थामा सक्रिय रहँदै आएका दलालहरूले विभिन्न आकर्षक प्रलोभन दिएर नेपाली युवतीहरूलाई फसाउन थालेका घटनामा बढोत्तरी हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी