चीनियाँ प्रतिनिधिमंडल आज नेपाल आउँदै

२० चैत्र २०६८, सोमबार ०९:२८ मा प्रकाशित

काठमाडौ, २० चैत । चीनको नेसनल पिपल्स कङ्ग्रेस स्थायी समिति उपाध्यक्ष तथा अखिल चीन महिला महासङ्घका अध्यक्ष चेन जिलको नेतृत्वमा आएको १६ सदस्यीय प्रतिनिधिमण्डल आज नेपाल आउँदैछ । प्रतिनिधिमंडलले आजदेखि २४ गतेसम्म नेपालको सद्भावना भ्रमण गर्ने भएको छ । पाँच दिने भ्रमणमा भ्रमण दलले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाध्यक्ष र उपाध्यक्ष,  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायतका पदाधिकारीसँग भेटघाट गरी दुई मुलुकको आपसी सम्बन्ध र  सहकार्यलाई अझ प्रवद्र्धन गर्ने लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको संविधानसभा सचिवालयले जनाएको छ । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र व्यवस्थापिका–संसदका महिला सदस्यसँग महिलाको अवस्थाका बारेमा छलफल गरी दुवै मुलुकका महिलाबीच रहेको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा समेत छलफल हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर