इशानी बनिन् मिस नेपाल-२०१३

७ चैत्र २०६९, बुधबार २२:३५ मा प्रकाशित

काठमाडौं, ७ चैत ।  काठमाडौं इशानी श्रेष्ठ मिस नेपाल-२०१३ घोषित भएकी छिन् । १७ प्रतिस्पर्धीलाई उछिन्दै २१ वर्षिया इशानीले यस वर्षको मिस नेपालको ताज जितेकी हुन् ।
राजधानीको प्रज्ञा प्रतिष्ठान हलमा भएको अन्तिम प्रतिस्पर्धामा मुख्य निर्णायक पूर्व मुख्यसचिव तीर्थमान शाक्यको एकल परिवार राम्रो कि संयुक्त ? भन्ने  प्रश्नको जवाफले उनलाई मिस नेपालको उपाधि दिलाएको हो । चित्रकला, नृत्य र भ्रमणमा रुचि भएकी ५ फिट ६ इन्च उचाइकी इशानीले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतियोगितामा रोजिशा शाही ठकुरी फर्स्ट रनर अप र श्रीतिमा शाह सेकेन्ड रनर अप घोषित भएकी छिन्। उनीहरुले क्रमशः मिस अर्थ र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
यस्तै मिस फोटोजेनिकमा श्रीतिमा शाह, पन्क्चुआलिटीमा मेघना श्रेष्ठ, ब्युटिफुल स्माइलमा रिजु श्रेष्ठ, बेस्ट वाकमा इशानी श्रेष्ठ, ट्यालेन्टमा सिपोरा गुरुङले उपाधि हात पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री