युएन उपमहासचिवले पूर्व लडाकालाई सोधे– ‘नेपाली सेना नै किन रोजेको ?’

७ चैत्र २०६९, बुधबार २१:४६ मा प्रकाशित

काठमाडौं, ७ चैत । मंगलबारदेखि नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका उपमहासचिव जेफ्री फेल्टमनले बुधबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भ्रमण गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानसेनापति गौरव शम्शेर जबरा र उपमहासचिव फेल्टमनबीच भएको संक्षिप्त भेटवार्तामा उपमहासचिवले नेपाल र नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघीय मिशनहरुमा फौज पठाई पुरयाएको अतुलनिय योगदानप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा यसको निरन्तरताको अपेक्षा गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
विशेषगरी नेपाली सेनाले विगतदेखि वर्तमान अवस्थासम्म राज्यद्वारा सुम्पिएको जिम्मेवारीलाई  गम्भिरतापूर्वक बहन गरी नेपाल र नेपालीप्रति पु¥याएको योगदान, नेपालको वर्तमान शान्तिप्रक्रियाको व्यवस्थापन तथा लडाकु समायोजनमा तटस्थ भुमिका निर्वाह गरी राज्य र जनताप्रति उत्तरदायित्व बोध गर्दै शान्तिप्रक्रियालाई सहज र सकारात्मक तवरले टुंङ्गोमा पु¥याउन खेलेको तटस्थ भूमिका र योगदानप्रति उपमहासचिवले आभार व्यक्त गर्नुभएको बताइएको छ ।
सो अवसरमा उपमहासचिव जेफ्री फेल्टमनलाई सैनिक प्रतिष्ठानका शिक्षाधिकृतले अधिकृत क्याडेट समायोजन आधार तालिमको विषयमा जानकारी गराउनुभएको थियो । साथै उपमहासचिवले प्रतिष्ठानमा समायोजनमा तालिमरत अधिकृत क्याडेटहरुलाई भेट्न पाएकोमा खुशी प्रकट गर्दै तालिमका शिक्षार्थीहरुसँग कुराकानी गर्नुभएकोथियो ।  भेटघाटका क्रममा तालिमरत शिक्षार्थीहरुलाई ‘अन्य विकल्पहरु रहँदारहँदै समायोजन नै कि रोजेको ?’ भनी जिज्ञासा राखेका थिए । तालिमरत समायोजनका शिक्षार्थीहरुले राष्ट्र र जनताको सेवा गर्ने अमूल्य अवसरको रुपमा सैनिक सेवा रहेको र तालिम अकल्पनिय रुपमा स्तरिय, सकारात्मक र ज्यादै सौहार्दपूर्ण वातावरणमा संचालन भइरहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।