संयन्त्रले ‘अह्राए’अनुसार सरकारले काम गर्ने सञ्चारमन्त्रीको प्रतिवद्धता

७ चैत्र २०६९, बुधबार २०:५३ मा प्रकाशित

काठमाडौं, ७ चैत । दलहरुको सहमतिमा बनेको वर्तमान सरकारलाई निर्दलीय सरकार भनेर आलोचना गरेकोप्रति नवनियुक्त सञ्चारमन्त्री माधव पौडेलले दुखेसो प्रकट गरेका छन् । यो सरकार दलीय सहमति र बाध्यताको उपज भएकोले यसलाई केवल निकासको एक माध्यमका रुपमा मात्र बुझ्न उनले आग्रह गरे । राजधानीमा बुधबार आयोजित साक्षात्कारमा उनले यो साताभित्रमै निर्वाचन आयोगलाई पूर्णता दिएर संविधानसभाको नयाँ निर्वाचनको मिति घोषणा गरिने जानकारी पनि गराए ।  उच्च स्तरीय राजनीतिक संयन्त्र र सरकारवीच सुरुमै मतभेद बढ्न लागेको भनी चलेको चर्चालाई उनले ठाडै इन्कार गर्दै उच्चस्तरीय संयन्त्रसँगको सहकार्य र सुझावकै आधारमा अघि बढ्ने प्रतिवद्धता उनले जनाए ।
अहिलेको सरकार निर्वाचनको मिसनमा बनेकोले यो सरकारबाट धेरै अपेक्षा नगर्न आग्रह गर्दै उनले आफूहरु निर्वाचन सम्पन्न गर्ने गृहकार्यमा जुटिसकेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले