गिरिजाप्रसादको स्मृतिमा सुरजपुरामा संग्राहालय बनाइने

७ चैत्र २०६९, बुधबार १९:५९ मा प्रकाशित

चन्द्रकान्त  खनाल, ७ रुपन्देही । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पार्टीका पुर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोईराला पुत्री सुजाता कोईरालाले रुपन्देहीको केरवानीमा स्वर्गिय कोइरालाको नाममा संग्राहालय निर्माण गर्ने काम अगाडी बढाएको बताएकी छन् ।
रुपन्देही कांग्रेसद्वारा केरवानीको सुरजपुरामा स्व. कोईरालाको तेस्रो स्मृतिसभामा बोल्दै उनले एउटा इतिहास मर्न नदिनका लागि पनि पार्टीले यस क्षेत्रलाई पर्यटन विकाससहितको कार्यक्रम ल्याउने बताउनुभयो  ।
२०४० साल फागुन २० गते पार्टीका तत्कालिन महामन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईराला कार्यकर्ता भेटघाटका क्रममा रुपन्देही आएको अवस्थामा मण्डलेहरुले केरवानीको सुरजपुरा निवासी तत्कालीन जिल्ला पार्टीका सभापति पुष्पानन्द गिरीको घरमा कार्यकर्ता भेट्ने क्रममा आक्रमण गरेका थिए । आक्रमणबाट कोईरालालाई बचाए पनि स्थानीय यादवनाथ आलोक र रामप्रसाद चौधरीको निधन भएको थियो । सो म्यूजियममा स्वर्गीय कोइराला तथा उनलाई बचाउन ज्यान आहुती दिनेहरु आलोक र चौधरीको समेत मुर्ति निर्माण गरिने उनले जानकारी गराइन् । सो संग्राहालयलाई स्वर्गीय कोइराला तथा नेपाली कांग्रेसको समेत अध्ययन केन्द्र बनाउने गरी पार्टीमा छलफल भइरहेको उहाँले जानकारी गराउनु भयो । सो घरलाई संग्राहलय बनाउनका लागि गिरी परिवार पनि तयार भएको उहाँको भनाई छ  ।
सोही स्थानलाई रोजेर पार्टीले तेस्रो स्मृतिसभा आयोजना गरेको हो भने सोही कार्यक्रममा आएकी कोइरालापुत्रीले आफ्नै बाबुको सहमति, सहकार्य र एकतालाई पनि जोड दिँदै भन्नुभयो– ‘सहमति सहकार्य र एकताबाट मात्र मुलुकलाई समृद्ध बनाउन सकिन्छ । कसैले पनि एक्लै गरेर केही हुँदैन ।’
कतिपय निर्णयहरु तत्कालिन समयमा अप्रिय लागे पनि दीर्घकालीन रुपमा प्रभावकारी भयो भने त्यसले मुलुकलाई सहि गति दिने उनको भनाई छ । आफ्ना पिता कोइरालाले पनि १२ बुँदे गरेर माओवादीलाई शान्तिप्रकृयामा ल्याउँदा पार्टीमा तत्कालिन समयमा सो निर्णय केही अप्रिय बनेपनि दीर्घकालिन रुपमा राम्रै भएको कोइरालाको भनाई थियो  ।
मुलुकमा अब पनि निर्वाचन हुन नसके बहुलवाद हराएर निर्दलियता हाबि हुने आंकलन गर्दै उनले बहुलबाद रक्षाका लागि पनि चुनावलाई सफल बनाउनै पर्ने बताउनु भयो  । पूर्वउपप्रधानमन्त्री समेत रहेकी उनले मुलुकलाई जोगाउन नेपाली कांग्रेसको काधमा ठूलो जिम्वेवारी रहेको र त्यो जिम्वेवारीबाट पार्टी चुक्न नहुने र निर्वाचनलाई सफल बनाउनका लागि लाग्न आम कार्यकर्तालाई आग्रह गर्दै कांग्रेसलाई जिताउन समेत जोडदिनु भयो  ।
पार्टीका जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री दुर्योधन सिंह चौधरी, पूर्व सांसद सुर्यप्रसाद प्रधान, जिल्लाका पूर्व सभापति रामचन्द्र ढकाल, जिल्लासचिव हिराबहादुर खत्री, जिल्ला सदस्य हिराध्वज मल्ल, शक्तिप्रसन्न गिरी, क्षेत्र नं. १ का सभापति विश्वनाथ यादव, महासमिती सदस्य युवराज गिरी, महिला संघ रुपन्देहीकी सभापति रमा अर्याल, शहिद पत्नी सीतालक्ष्मी न्यौपाने, महाधिवेसन प्रतिनिधीहरु भगवती गैरे, जिवलाल पराजुली, एकबहादुर सुनार, पूर्व जिल्ला सदस्य जगत गिरी, केरवानी गाउँ सभापति युनिस अली लगायतले धारणा राखेका थिए । कार्यक्रम उपसभापति मनोरमा सेरचनको स्वागत र सचिव रामकृष्ण खाणको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । नेपालमा आइतबार थप ७८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

३९औं मगर स्थापना दिवसको अवसरमा मगर संघ बागलुङ नगर समितिले बागलुङ बजारमा निकालेको -यालीमा सहभागीहरु । तस्वीर: खेमराज गौतम