युरोपबाट फर्केपछि राईको ‘चलखेल’ बढ्यो

७ चैत्र २०६९, बुधबार १९:३८ मा प्रकाशित

काठमाडौ, ७ चैत । युरोप यात्रा गरेर फर्केपछि संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईको ‘चुरीफुरी’ निकै बढेको उनकै सहयात्रीहरुले टिप्पणी गर्न थालेको बेला बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । एमाले परित्याग गरी जातीवादी पार्टी घोषणा गरेलगत्तै मासिक डेढ लाख भाडा तिर्ने गरी महाराजगञ्जमा पार्टी कार्यालय स्थापना गरेको विषयमा पार्टीभित्रैबाट प्रश्न उठिरहेको सन्दर्भमा देशव्यापी आन्दोलनको घोषणा गरेर राईले बेग्लै तरंग पैदा गरिदिएका छन् ।
पत्रकार सम्मेलनमा राईले चारदलको पच्चीस बुँदे सहमति असंवैधानिक भएको भन्दै देशव्यापी आन्दोलनको घोषणा गरेका हुन् । चारदलभन्दा बाहिरका दलहरुलाईसमेत समेटेर अर्को सहमतिका बुँदामा हस्ताक्षर नभएसम्म अब चुनाव होइन आन्दोलन छेडिने र निरन्तर जारी रहने उनले दम्भका साथ उदघोष गरे ।
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको कदमलाई फाँसीवादी राजनीतिक कदम भन्दै राईको पार्टीले देशका श्रमजीवी आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, पिछडावर्ग, पिछडिएको क्षेत्रका खस-आर्य तथा लैङ्गिक रूपमा महिलाको समग्र हितमा रहेको एकल पहिचानमा आधारित सङ्घीयताको चाहना यिनै चार राजनीतिक शक्तिको कारणले संविधानसभा हुँदा र नहुँदा दुबै स्थितिमा धरापमा पर्दै आएको दाबी गरेको छ ।  ११ बुँदे सहमति गरी बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा निर्दलीय सरकारको सिफारिश गर्नुलाई घोर असंवैधानिक भन्दै संघीयताको मुद्दा उठाएर चारमहिनाअघि स्थापना भएको उक्त पार्टीले देशको ३२ जिल्ला र दर्जनभन्दा बढी मुलुकमा सञ्जाल विस्तार गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री