संवैधानिक समितिको बैठकमा , कार्यतालिका संसोधनमा छलफल

२० चैत्र २०६८, सोमबार ०९:२४ मा प्रकाशित

काठमाडौ, २० चैत । संविधान निर्माणको मुख्य जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक सुरु भएको छ ।संविधानसभाको सचिवालय सिंहदरबारमा बसेको बैठकमा संविधानमा देखिएको विवादको समाधान र छोटो समयमा संविधान जारी गर्ने कार्यतालिकाका विषयमा छलफल हुनेछ । संविधान जारी गर्नुपर्ने समय २ महिनापनि बाँकी नरहेकाले कार्यतालिका संसोधन गरि प्रक्रियागतकामहरु छोट्याउने विषयमा छलफल हुने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा सबैभन्दा विवादित मानिएका शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायापालीकाको स्वरुप, राज्यपुनर्संचनाका विषयमा छलफल हुनेछ ।
बैठक बसिरहेको बेला संविधान निर्माणको सुनिश्चितताको माग गर्दै सभासदहरुले बैठक स्थल घेराउ गरेपछि अहिले संबैधानिक समितिका सभापति निलाम्बर आचार्य, माओवादी मुख्य सचेतक देव गुरुङ, काग्रेस ससंदीय दलका नेता रामचन्द्र पौडेल, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र तमलोपा नेता हृदयेश त्रिपाठीले उनीहरुलाई सम्झाई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्यूठानमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ । लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

सुदुरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा