माओवादीको वैद्यपक्ष हस्ताक्षर अभियानमा

२० चैत्र २०६८, सोमबार ०९:२३ मा प्रकाशित

काठमाडौ, २० चैत  ।  एकीकृत नेकपा माअमोवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले शान्ति र संविधानका लागि भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ । राजधानीका १५ ओटै निर्वाचन क्षेत्रमा आज सम्मानजनक शान्ति प्रक्रिया र जनसंविधान को पक्षमा हस्ताक्षर  अभियान चलाउने तयारी गरेको नेतृ पम्पपा भूषाले जानकारी दिनुभयो । हस्ताक्षर अभियान अनुसार काठमाडौको नयाँवानेश्वरमा वैद्यकोे नेतृत्वमा काठमाडौ जिल्ला पार्टीको टोली, चाबहिलमा महासचिव रामवहादुर थापाको नेतृत्वमा वौद्धमा केन्द्रीय सदस्य सुरेश आले मगरको नेतृत्वमा, कोटेश्वरमा सदस्य दिनेश शर्माको नेतृत्वमा हस्ताक्षर अभियान सुरु गरिएको छ । कलंकीचोकमा नारायण शर्माको र कीर्तिपुरमा हितमान शाक्यको नेतृत्वमा हस्ताक्षर संकलन गर्न तय गरेको छ । ललितपुरको मंगलवजारमा स्थायी समिति सदस्य देव गुरुङ, लगनखेलमा पोलिटब्युरो सदस्य पम्र्फ भुषाल,  भक्तपरु पाच तले मन्दिरमा इन्द्रमोहन सिग्देललाई वैद्यपक्षले हस्ताक्षर अभियानका लागि खटाएको छ । हस्ताक्षर अभियानबाट पार्टी नेतृत्व र अरुदललाई दवाव पुग्ने वैद्यपक्षको विश्वास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने