मन्त्री बन्दाबन्दै यिनका नाम कसरी काटिए ?

७ चैत्र २०६९, बुधबार ०९:११ मा प्रकाशित

काठमाडौं, ७ चैत । मन्त्री बन्ने सूचीमा परेका केही पूर्वसचिवहरू अन्तिम अवस्थामा मन्त्री बन्नबाट वञ्चित रहे । पूर्वसचिवहरू श्रीकान्त रेग्मी, बालानन्द पौडेल, उमेश मैनाली, उदय नेपाली श्रेष्ठ, रामेश्वर खनाल र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतको नाम सम्भाव्य मन्त्रीका रूपमा सार्वजनिक भएको थियो । उहाँहरूमध्ये पनि श्रीकान्त रेग्मी, बालानन्द पौडेल, उमेश मैनाली, रामेश्वर खनाल र उदय नेपाली श्रेष्ठचाहिँ मन्त्री बन्ने निश्चितजस्तै मानिएको थियो । रेग्मी, पौडेल, खनाल र श्रेष्ठको दलीय निकटताका कारण प्रधानमन्त्री खिलराज रेग्मी आफैँले विकल्प दिन दलहरूलाई सुझाव गर्नुभएपछि उहाँहरूको नाम मन्त्रिमण्डलमा नपरेको बुझिएको छ । श्रीकान्त रेग्मीमाथि काङ्गे्रसको धेरै निकट रहेको आरोप लाग्दै आएको छ भने पौडेल र श्रेष्ठ एमालेनिकट तथा रामेश्वर खनाल एमाओवादीको ज्यादा निकटस्थ रहेको मानिन्दै आएको छ । यसरी दलीय निकटतालाई आधार बनाएर उहाँहरूको नाम काटिए पनि मन्त्री बनाइएका अधिकांश व्यक्तिहरू कुनै न कुनै दलसँग निकट रहेको विश्वास गरिन्छ । मन्त्री शंकरप्रसाद कोइरालालाई भने अपवादका रूपमा लिइएको छ । कोइरालालाई प्रजातान्त्रिक विचारप्रति आस्थावान मानिए पनि काङ्गे्रस मन्त्रीले उहाँलाई सबैभन्दा सताएका थिए र काङ्गे्रस मन्त्रीकै कारण कोइरालाले ऊर्जा मन्त्रालयको सचिवबाट सरुवा हुनुपरेको थियो । मन्त्री बनाइने सूचीमा रहेका उमेश मैनाली भने ‘सुदूरपश्चिम अस्त्र’को सिकार हुनुभएको छ । सुदूरपश्चिमका काङ्गे्रस नेता शेरबहादुर देउवाले आफ्नो क्षेत्रका छविराज पन्त नै मन्त्रिमण्डलमा पर्नुपर्ने भनी अडान लिएपछि उमेश मैनालीको नाम काटेर पन्तलाई मन्त्री बनाएको बुझिएको छ । यसरी मैनाली देउवाका कारण मन्त्री बन्नबाट वञ्चित हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पुनः झापा जाँदै छन् । आइतबार झापा गएका प्रधानमन्त्री ओली मङ्गलवार पुनः झापा

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किन लागेका हुन् । न्युरो–इन्डोक्राइनको

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

काठमाडौं । नेपाल आयल निगमले हिजो सोमबारदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि