प्रचण्डका कारण संयन्त्रको औचित्य धरापमा

७ चैत्र २०६९, बुधबार ०८:१५ मा प्रकाशित

काठमाडौं, ७ चैत । निष्पक्ष अभ्याससहित दलहरू निर्वाचनमा जाने तयारी भइरहेका बेला एमाओवादी अध्यक्ष प्रचण्डले भने टाउकैमा बसेर बेग्लै चुनावी गठबन्धन बनाउने कसरत गर्नुलाई अन्य दलहरूले गम्भीर रूपमा लिएका छन् । प्रचण्ड आगामी निर्वाचनमा आफ्नो दललाई सके बहुमत दिलाउन र नसके सबभन्दा ठूलो दलको पुरानो हैसियतमा कायम राख्न विभिन्न रणनीतिक एवम् कार्यनीतिक चालबाजी गर्दै हुनुहुन्छ । पार्टी विभाजन भएर आधी शक्तिको मात्र नेतृत्वमा भए पनि उहाँ चुनावमार्फत आफ्नो पूर्ववत् हैसियतमा फर्कने सपना देख्दै हुनुहुन्छ । त्यसनिम्ति प्रचण्डले तराईमा मधेसी मोर्चा र पहाडमा विभिन्न जातिवादी सङ्गठनसँग तालमेल गरेर चुनावी मैदानमा जाने योजना बनाउनुभएको छ । वैचारिक रूपमा काङ्गे्रस–एमालेसँग मधेसी मोर्चाको निकटता भए पनि कतिपय व्यावहारिक कारणले मोर्चाको निकटता एमाओवादीस“ग बढेको छ । मधेसी मोर्चा र प्रचण्ड दुवैथरी काङ्गे्रस–एमालेलाई बढार्ने योजनामा रहेको बुझिन्छ ।
तराईमा मोर्चाको सहयोग पाउँदा पहिलेभन्दा एमाओवादीको सिट सङ्ख्या बढ्ने विश्वास प्रचण्डमा रहेको देखिएको छ भने एमाओवादीको साथ भएमा तराईबाट काङ्गे्रस–एमालेलाई उन्मूलन गर्न सक्ने विश्लेषण मोर्चाका नेताहरूको छ । त्यसैगरी पहाड तथा हिमाली क्षेत्रमा उत्पन्न भएका जातिवादी समूहहरू पनि आफूलाई जिताउनेभन्दा काङ्गे्रस–एमालेलाई हराउने मानसिकतामा देखिन्छन् । जातीय राज्य बनाउन काङ्गे्रस–एमालेले नदिने भएकोले उनीहरूको प्राथमिकतामा आफ्नो विजयभन्दा काङ्ग्रेस–एमालेको पराजय परेको हो । एमाओवादी र मधेसी मोर्चा जातीय राज्यको पक्षमा रहेकोले जातिवादी समूहहरूले समानुपातिकतर्फ आफूलाई मतदान गरे पनि प्रत्यक्षतर्फ एमाओवादी र मधेसी मोर्चाका उम्मेदवारहरूलाई मतदान गर्ने प्रबल सम्भावना छ ।
यसरी प्रचण्डले प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिका विरुद्ध मोर्चाबन्दी गर्दा पनि काङ्गे्रस–एमाले भने मौन देखिएका छन् । चारपक्षीय संयन्त्रको टाउकैमा बसेर आफ्नाविरुद्ध गठबन्धन गरिँदा पनि काङ्गे्रस–एमालेका नेताहरूले प्रतिक्रिया नजनाउनुले उनीहरूको नालायकीको उजागर गरिरहेको छ । यदि एमाओवादी र मधेसी मोर्चा तथा अन्य जातिवादी सङ्गठनहरूबीच मोर्चाबन्दी हुन्छ भने काङ्ग्रेस–एमालेले पनि प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्तिहरूबीच धु्रवीकरणको प्रक्रिया सुरु गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको त छ, तर काङ्गे्रस–एमालेले जनआवाजप्रति अहिलेसम्म चासो देखाएका छैनन् । आगामी निर्वाचन प्रजातान्त्रिक एवम् राष्ट्रवादी शक्ति र अधिनायकवादी एवम् क्षेत्रीयवादी शक्तिबीच हुने निश्चित भइसकेकोले काङ्गे्रस–एमालेले ठोस कदम चाल्न आवश्यक देखिएको छ ।
अर्कोतिर दलहरूबीचको एकता र समझदारीलाई कायम राख्दै चुनावी वातावरण बनाउने उद्देश्यसहित गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको औचित्य पनि प्रचण्डका कारण समाप्त भएको छ । जुन दलहरूबीच एकता र समझदारीका लागि भन्दै संयन्त्र निर्माण गरिएको छ प्रचण्डले तिनै दलहरूविरुद्धको गठबन्धन बनाउने सक्रियता देखाउनुले निकट भविष्यमै उच्चस्तरीय संयन्त्र भङ्ग हुने या भङ्ग गरिनुपर्ने अवस्था सिर्जना हुने सम्भावना बढाएको छ । एक महिनाका लागि संयन्त्रको संयोजक बन्नुभएका प्रचण्ड आफू संयोजक रहँदैमा काङ्गे्रस–एमालेसँग मिलेर सरकारी तहमा हुने भागवण्डा तथा अन्य विषयहरूमा टुङ्गो लगाउन चाहनुहुन्छ । एक महिनापछि जब काङ्गे्रस संयोजक हुने पालो आउनेछ त्यसबेलासम्म महत्वपूर्ण निर्णय भइसक्नेछन् र संयन्त्रको बैठकसमेत नबस्ने या बस्न नसकिने अवस्था सिर्जना हुने सम्भावना छ । एक महिनापछि प्रचण्डको भूमिका गठबन्धन प्रमुखको रूपमा मात्र हुने निश्चित भइसकेकोले काङ्गे्रस–एमालेले उच्चस्तरीय राजनीतिक संयन्त्रबारे तत्कालै ठोस धारणा बनाई एउटा निर्णयमा पुग्नैपर्ने देखिएको छ । होइन भने आगामी निर्वाचन पनि उनीहरूका लागि शोकपूर्ण हुन असम्भव छैन । प्रचण्डहरूको चालबाजी बुझेर सोहीबमोजिम आफ्ना योजना–कार्यक्रम बनाउनमा काङ्गे्रस–एमालेका नेताहरू विगतदेखि नै चुक्दै आएका छन् । यसपटक पनि उनीहरू चुके काङ्गे्रस–एमालेको राजनीतिक भविष्य अत्यन्त कष्टप्रद हुनेमा शङ्का गरिरहनुपर्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा