महिन्द्राले ल्यायो विश्वकै सस्तो इलेक्ट्रिक कार

७ चैत्र २०६९, बुधबार ०८:०७ मा प्रकाशित

एजेन्सी, भारतको मोटर निर्माता कम्पनी महिन्द्राले विश्वकै सबभन्दा सस्तो मूल्यको इलेक्ट्रोनिक कार बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ई२ओ नाम दिइएको सो कार प्रतिघण्टा ८० किलोमिटर रहेको एकपटक ब्याट्री चार्ज गरेपछि सय किलोमिटर दौडाउन सकिने कम्पनीको दाबी छ ।
सुरुमा स्थानीय बजार (नयाँदिल्ली)मा बिक्री गरिने लक्ष्य लिइएको सो कारको मूल्य भारतका लागि ११ हजार डलर (५ लाख ९० हजार भारु) तोकिएको छ ।
महिन्द्रा कम्पनीले तनि वर्षअघि १६ अर्ब भारुमा रेवा कम्पनी खरिद गरेपछि उत्पादन गरेको यो पहिलो कयाँ कार भएको कम्पनीका अध्यक्ष आनन्द महिन्द्राले जनाएका छन् । उक्त कारलाई पाँच घण्टामा फूल चार्ज गर्न सकिने र छतमा सोलार फिट गरेर पनि चार्ज हुने अध्यक्ष महिन्द्राले जानकारी दिए । यसमा चारजना आरामले सवार हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमा भ्रमण गर्नका लागि आठ जना सर्वसाधारणको खोजी गरिरहेका छन् । मेजावाले आफ्नो ट्वीटर अकाउन्ट मार्फत

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । आठ इन्च

अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज