सेना समायोजन विशेष समितिको बैठक आज पनि बस्दै

२० चैत्र २०६८, सोमबार ०९:२१ मा प्रकाशित

काठमाडौ, २० चैत । समितिको माओवादी लडाकूको रेखदेख तथा पुनस्थापना सम्बन्धि सेना समायोजन विशेष समितिको बैठक आज फेरि बस्दैछ । दर्जा मिलान र सैनिक नियमावलीमा कुरा नमिलेपछि हिजो निस्कर्ष विहीन बनेको समितिको बैठकमा आज थप त्यसै विषयमा छलफल हुनेछ । आज ५ः३० बजे प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकमा सैनिक नियमावली र सेनाको मापदण्डमा कुरा मिले माओवादी लडाकूको समायोजन प्रक्रियाका विषयमा आज टुङ्गो लाग्ने नेताहरुले बताएका छन् । सैनिक नियमावली अनुसार नै समायोजन प्रक्रिया अगाडी बढाउनेपर्ने नेपाली कांग्रेस र नेकपा एमालेको अडानमा माओवादीले असहमति जनाएपछि हिजोको बैठक विना निस्कर्ष टुङ्गीएको थियो । विशेषसमिति सचिवालयले बुझाएको कार्ययोजनालाई आधार बनाएर आज थप छलफल हुने समितिका सदस्य एमाले नेता भीम रावलले जानकारी दिनुभयो ।  दलहरुबीच माओवादी लडाकूको पुनः बर्गिकरण, स्वच्छिक अवकासको कार्यक्रम बारे भने सहमति भइसकेको छ । दर्जा मिलानमा माओवादीले एउटा जनरल मै अडान राखेको छ भने कांग्रेस एमालेले सेनानी भन्दा माथि जान नसकिने बताएकमा छन् । स्रोतका अनुसार त्यसको बीचमा रहेर एउटा प्रमुख सेनानी दिनेगरि सहमतिको प्रयास भइरहेको छ ।  माओवादीले माओवादी लडाकूको भर्ना प्रक्रियामा आफ्नो सहभागिता हुनुपर्ने अडानमा पनि सहमति भइसकेको छैन । समायोजनमा जाने लडाकुहरुको प्रारम्भीक छनौट विधि तालिम र पदस्थापनको विषयमा छलफल टुंगिइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार