होटलवालाले ब्रिटिस महिलालाई मालिसको अफर गरेपछि…

७ चैत्र २०६९, बुधबार ०७:१३ मा प्रकाशित

एजेन्सी, ७ चैत । आफ्नो होटलमा बास बसेकी एक बेलायती महिलालाई मालिस गरिदिने प्रस्ताव गरेको आरोपमा भारतको आगराका एक होटल सञ्चालकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । होटल सञ्चालकको कुदृष्टिबाट बच्न बालकोनीबाट फालहान्दा ती महिला घाइते बनेको समाचारमा जनाइएको छ ।
पीडित महिलाले प्रहरीलाई दिएको बयानअनुसार बिहान चार बजे आफूलाई ब्युँझाइदिन उनले होटललाई अनुरोध गरेकी थिइन् । उनले अगाडि भनेकी छिन्, ‘तर होटल प्रबन्धनले के बुझ्यो कुन्नी, बिहान आफूलाई उठाउनका लागि होटल मालिक स्वयम् म बसेको कोठाबाहिर खडा थिए । उनले मलाई शरिर मालिस गरिदिने अफर गरे । म स्तव्ध भएँ र इन्कार गरेँ । तर होटलवाला एकोहोरो लागेर फर्कन तयार नै भएनन् । म सम्भावित बलात्कारको त्रासबाट काँप्न थालेँ र हत्तपत्त ढोका बन्द गरी चुकुल लगाएँ । बाहिर निस्कनका लागि झ्यालबाट बालकोनीमा फालहान्दा खुट्टामा चोट लाग्यो ।’
उता पहरीसमक्ष आफ्नो बयानमा होटल सञ्चालकले दाबी गरेअनुसार ति ब्रिटिस महिला होटलमा इन्टरकम प्रयोग गरिरहेकी थिइनन्, त्यसैले उनको आग्रहअनुसार उनलाई चार बजे ब्युँझाउन आफैं उनको रुमसम्म पुग्नुपरेको हो । बाँकी सब कुरा बनावटी हुन् ।
स्मरण रहोस्, विभिन्न बलातकारका घटनाका लागि भारत यतिबेला चर्चामा रहँदै आउको छ । गत साता पनि एक इटालियन पर्यटक महिलामाथि राजस्थानमा सामूहिक बलात्कार भएको घटना चर्चामा रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे नेकपाको दाहाल-नेपाल समूहले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल शुरु गरेको छ ।

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११