पाठ्यक्रमबाहिरबाट प्रश्न सोधिएपछि…

६ चैत्र २०६९, मंगलवार २२:०६ मा प्रकाशित

रुपन्देही, ६ चैत । मुलुकमा सञ्चालित एसएलसी परीक्षाअन्तर्गत मंगलबार भएको सामाजिक बिषयको परीक्षामा ३५ प्रतिसतभन्दा बढी प्रश्नहरु पठ्यक्रमभन्दा बाहिरबाट आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।
पाठ्यक्रमभित्रैबाट प्रश्नपत्र बनाउनु पर्ने शिक्षा नियमावलीमा व्यबस्था भए पनि त्योभन्दा बाहिरबाट बिद्यार्थीहरुलाई अप्ठ्यारोमा पार्नेगरी परिक्षा बोर्डले पश्नपत्र बनाएकाले बिद्यार्थीहरु अन्यायमा परेको सरोकारवाले ठहर गरेका छन् ।
परीक्षामा सहभागी बिद्यार्थीहरुले पाठ्यक्र भन्दा बाहिरबाट आएका प्रश्न हल गर्न कठिन भएकोप्रति परीक्षा बोर्ड तथा शिक्षा मन्त्रालय गम्भिर बन्नुपर्ने धारणा राखेका छन । भविश्यका कर्णधार बिद्यार्थीमाथि गरिएको खेलवाडको नेपाल शिक्षक संघ पश्चिमाञ्चल क्षेत्रीय समितीका सचिव सोमनाथ गिरी, प्याप्सन रुपन्देहीका अध्यक्ष कृष्ण खनाल, एन प्याव्सन रुपन्देहीका सचिव तिलक केसी, सल्लाहकार प्रकाश भट्टराई, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले संयुक्त रुपमा बिज्ञप्ती जारी गरी पाठ्यक्रम भन्दा बाहिरबाट आएको ३५ प्रतिसत प्रश्नावली खारेज गरी बाकीको मात्र सय प्रतिसतमा मुल्याङ्कन गर्न माग गरेका छन ।
यस सम्बन्धमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले सरोकारवालाको गुनासालाई सम्बन्धित निकायमा पु¥याउने प्रतिकृया दिएको छ । त्यस्तै अभिभावक संघ रुपन्देहीले अभिभावक संघ केन्द्रीय समितीमा जानकारी गराएको र त्यहाबाट समेत पहल गरिने आश्वासन पाएको रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले जानकारी दिए ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा