प्रधानन्यायाधीशको पद त्याग गर्न रेग्मीलाई सुझाव

६ चैत्र २०६९, मंगलवार २१:२१ मा प्रकाशित

नवलपरासी, ६ चैत । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले शक्तिपृथकीकरणका सिद्धान्तका आधारमा आधिकारिक रुपमा नै प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनेमा आफू विश्वस्त रहेको नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले जनाएका छन् । रेग्मीले पद त्यागे मात्रै निर्वाचन स्वतन्त्र हुने नेता श्रेष्ठले तर्क गरे । नेपाली कांग्रेसका कृयाशिल सदस्य तथा प्राध्यापक प्रदिप अधिकारीको तेह्रौँ दिनको पुण्यतिथिमा नवलपरासी शिवमन्दिरमा आयोजित श्रद्वाञ्जली सभामा बोल्दै कांग्रेस केन्द्रिय सदस्य श्रेष्ठले उक्त धारणा सार्वजनिक गरेका हुन् ।
सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोईरालाले असारमा कुनै पनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए। त्यसका लागि चुनावी वातावरण तयार पार्न भूमिका निर्वाह गर्न उनले कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए । बाबुराम भट्टराई नेतृत्वको सरकारको विकल्प खोज्दा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष स्विकार्न बाध्य भएको तर यो कदम अनुचित रहेको उनको कथन थियो ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य कृष्णचन्द्र नेपालीले कांग्रेस महासमिति बैठक नवलपरासीमा हुने निश्चित भएको जानकारी गराए । कांग्रेस महासमितिको बैठक यही चैत्र २६ गते देखि तीन दिनसम्म नवलपरासीको त्रिवेणीमा हुने तय भएपछि जिल्लामा तयारी सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र