‘मालदार अड्डा’मा कर्मचारी खचाखच !

६ चैत्र २०६९, मंगलवार २१:०८ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही , ६ चैत्र । २८ जना कर्मचारीको दरबन्दी रहेको भैरहवा भन्सार कार्यालयमा दोब्बर अर्थात् ५६ जना कर्मचारी कार्यरत रहेको बुझिएको छ ।  अधिक आर्थिक कारोबार हुने कार्यलयलाई निजामति कर्मचारीभित्र मालदार अड्डा भनेर चिन्ने गरिन्छ । मालपोत, भन्सार, कर, नापी, राजस्वजस्ता कार्यलय निजामति कर्मचारीका लागि मालदार अड्डा भनेर चिनिन्छन् । कुनै कार्यालयमा काम गर्ने कर्मचारी छैन भने कुनैमा दरबन्दीभन्दा दोब्बर कर्मचारी कार्यरत हुँदा पनि सम्बन्धीत निकाय मौन छ ।
यसो हुनुमा आर्थिक लेनदेनले भूमिका निर्वाह गरेको स्रोतको कथन छ । कर्मचारीको लागि मालदार अड्डा भनेर चिनिने भन्सारमा कार्यरत कर्मचारीले माथिल्लो तहसम्म यताउता गरी कमाएको रकम पठाउने व्यवस्था गर्दछन् । त्यसैले हाकिमहरु आफ्ना नजिकका र विश्वासीला तल्लो तहका कर्मचारीलाई भन्सारमा खटाउने गर्दछन् । यसरी आफ्ना मान्छे खटाउने प्रवृतिले गर्दा भैरहवा भन्सारमा कर्मचारीको भीड बढेको हो । तर जिल्लाको एक कार्यलय भने कर्मचारी अभावका कारण कार्य सम्पादनमा प्रभाव परेको बताइरहेको छ । एउटै जिल्लामा कतै कर्मचारीको भीड त कतै अभाव भइरहेको सन्दर्भमा जिल्लाका प्रमुख (सिडीओ) दुर्गाप्रसाद पोखरेललाई जिज्ञासा राख्दा उनले भने, ‘भैरहवा भन्सारमा दरबन्दीभन्दा बढी कर्मचारी छन्, यसबारेमा मैले भन्सार प्रमुख र विभागसंग कुरा गरिसकेको छु ।’ जिल्लाको जिल्ला पशु सेवा कार्यालय रुपन्देहीमा भने कर्मचारीको अभाव भइरहेको छ जसका कारण मानपकडी, मर्यादपुर, गजेडी पशुसेवा उपकेन्द्रको सेवा प्रभावित भएको पशु सेवा कार्यलय रुपन्देहीका प्रसासन प्रमुख शोभाकान्त नेपालले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र