मन्त्रालयका कामको विवरण २४ घण्टाभित्रै वेवसाइटमा राखिने

६ चैत्र २०६९, मंगलवार १९:२७ मा प्रकाशित

काठमाडौ, ६ चैत । नवनियुक्त मन्त्रीहरुले मंगलबार पदबहाली गरेका छन् । सो क्रममा मन्त्रालय पुगेका अर्थमन्त्री शंकर कोइरालालाई अर्थसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरू, मन्त्रालयमातहतका विभागीय प्रमुखहरू र अरु कर्मचारीले स्वागत गरेका थिए । पदबहालीका क्रममा अर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको आर्थिक वृद्धिदर बढाउने आफ्नो मूल उद्देश्य भएको जनाए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आगामी संविधानसभाको निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। पुरक बजेटको तयारीमा मन्त्रालय लागिसकेको जानकारी दिँदै उनले आगामी आर्थिक वर्षको बजेट बनाउने गृहकार्य पनि प्रारम्भ भइसकेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्यमा लगानीमैत्री वातावरण बनाउने र त्यसमा सम्बद्ध सबै पक्षबाट सक्रिय सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।
यसैबीच अन्तरिम चुनावी मन्त्रीपरिषद्को मंगलबारको बैठकले सबै मन्त्रालयको कामको विवरण २४ घण्टाभित्र वेवसाइटमा राख्ने निर्णय गरेको छ । बैठकले मन्त्रीहरुलाई दोहोरो सुविधा नलिन निर्देशन दिँदै सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेललाई सरकारको प्रवक्ता नियुक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी