टेम्पोमा ठेक्किएर अर्थका उपसचिवको निधन

६ चैत्र २०६९, मंगलवार १८:२३ मा प्रकाशित

काठमाडौं, ६ चैत । टेम्पोको झ्यालको डण्डीमा टाउको ठोकिएर अर्थमन्त्रालयका एक उपसचिवको निधन भएको छ । काठमाडौं महानगरपालिका–३४ पुरानो बानेश्वर निवासी ५५ बर्षीय उपसचिव ज्ञानराज श्रेष्ठको मंगलबार बिहान मृत्यु भएको हो ।
बिहान साढे आठबजे रत्नपार्कबाट सिनामंगलतर्फ गइरहेको बा.१ ह ३६५१ नम्वरको सफा टेम्पोमा श्रेष्ठ ज्ञानेश्वर चोकबाट घर जान चढेका थिए । रातोपुल नपुग्दै अचानक टेम्पोले ब्रेक लगाउँदा टेम्पोको झ्यालको डण्डीमा टाउको ठोक्किन गई उनी अचेत भएका थिए । सोही टेम्पोमा सवार महाराजगंजकी प्रियंका ढुङ्गेल र सुमेरु प्रधानले ज्ञानेश्वर मोडमा रहेको मेडिकल पसलमा लगी थप उपचारको लागि नोवेल अस्पताल पुरयाइदिएका थिए । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लगेकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
असावधानीका साथ टेम्पो चलाएको अभियोगमा जोरपाटी बस्ने काभ्रेका ३० बर्षीय टेम्पो चालक अशोक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भन्नेलाई सर्वोच्च अदालत जान सुझाव दिएका छन् । सोमबार नारी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्